सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्सामा ओभरहेड ट्याङ्की बेवारिसे, नयाँ डिप बोरिङ खन्नमै ध्यान !


  •    न्युजभित्तो/२ श्रावण २०८२, बिहीबार १२:१४ 
  • वीरगञ्ज (पर्सा), १ साउन । पर्सा जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले निर्माण गरेका ओभरहेड ट्याङ्की सञ्चालनमा नआउँदा पनि खानेपानीको दीर्घकालिन व्यवस्थापनमा थप जटिल हुँदै गएको छ । दुवै सरकारले ओभरहेड ट्याङ्की निर्माण गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गरेपनि सम्बन्धित स्थानीय तह र उपभोक्ता समितिको बेवास्ताको कारणले पनि ओभरहेड ट्याङ्की बेवारिसे अवस्थामा रहेका छन् ।

    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बारा÷पर्साका निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवले पर्सामा खानेपानीका दीर्घकालिन व्यवस्थापनको लागि निर्माण गरिएका ओभरहेड ट्याङ्की भने बेवारिसे अवस्थामा रहेको गुनासो गर्नुभयो ।‘‘राज्यले करौडौ रुपैयाँ खर्चेर निर्माण गरेका ओभरहेड ट्याङ्की सञ्चालनमा नआउँदा पनि अहिले ठाउँ–ठाउँमा खानेपानीको समस्या देखिएको हो,’’ उहाँले भन्नुभयो,‘‘ओभरहेड ट्याङ्की उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने हुन्छ । यहाँका जनताले खानेपानी पैसा तिरेर खानको आनाकानी गर्दा पनि ओभरहेड ट्याङ्कीको प्रभावकारी कार्यान्वयन हुन नसकेको हो ।’’

    सङ्घीय तथा प्रदेश सरकारले पोखरिया,भिष्वा,झौवागुठी,अमरपट्टी,बहुअर्वा भाठ्ठा,विन्दवासिनी लगायतका स्थानमा ओभरहेड ट्याङ्की भएपनि उचित ढंगले सञ्चालन र व्यवस्थापन हुन भने सकिरहेको छैन । निमित्त डिभिजन प्रमुख यादवले यहाँ खानेपानीको दीर्घकालिन व्यवस्थापनमा भन्दा पनि जथाभावि रुपमा डिप बोरिङ खन्नेमा मात्रै ध्यान दिँदा पनि खानेपानीको समस्या झनै जटिल बन्दै गएको गुनासो गर्नुभयो ।‘‘ओभरहेड ट्याङ्कीमार्फत पानी प्रयोग गर्दा खानेपानीको महसुल तिर्नुपर्ने हुन्छ । त्यसैले पनि सर्वसाधारण चापाकलबाट आउने आर्सेनिक युक्त खानेपानी खान तयार हुने गरेका छन् ।’’

    नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका कार्यालय प्रमुख प्रविणकुमार साहले ओभरहेड ट्याङ्की सञ्चालनमा ल्याउन सकेको खण्डमा खानेपानीको दीर्घकालिन समाधान गर्नका लागि धेरै सहज हुने बताउनुभयो ।‘‘यहाँका जनतामा खानेपानी पैसा तिरेर खानुपर्छ भन्ने संस्कारको विकास गर्न पनि जरुरी छ,’’ उहाँले भन्नुभयो,‘‘लाइनको पानी जडान गरेर खानुभन्दा चापाकलको पानी खानका लागि यहाँका जनता धेरै इच्छुक देखिन्नुहुन्छ । अहिले यहाँ पानीको चर्को संकटभएपनि मात्रै ओभरहेड ट्याङ्कीको कुरा आएको हो ।’’

    नेपाली कांग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीले पछिल्लो समय वीरगञ्ज महानगरक्षेत्रमा जभाभावी ढंगले डिपबोरिङ खनिदैं आइरहेको गुनासो गर्नुभयो ।‘‘अहिले खानेपानीको संकट भएको ठाउँमा डिप बोरिङ खन्नुपर्छ । तर, कति आवश्यकताको आधारमा वा पहुँचको आधारमा खन्निएको विषयमा पनि ध्यान दिन जरुरी भइसकेको छ ।’’

    उहाँले भन्नुभयो,‘‘जनताले पनि खानेपानीको लाइन जडान गरेर पैसा तिरेर खाने बानीको पनि विकास गर्न जरुरत भइसकेको छ ।’’

    कार्यवाहक अध्यक्ष कुर्मीले डिपबोरिङ जनताको आवश्यकता र योजनाबद्ध ढंगले खन्नपनि सुझाव दिनुभयो । नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाले पर्सामा संकटको बेला साढे दुई लागतमा खनिने डिप बोरिङको लागत झण्डै दोब्बर मूल्य बढी भएकाले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सरोकारवाला निकायले थप अनुसन्धान गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘संकटलाई कसैले पनि व्यक्तिगत फाइदा हुने काम नगर्नुस ।’’ रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
    • भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
    • उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
    • नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.