सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्पेन पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन


  •    न्युजभित्तो/३० असार २०८२, सोमबार १३:४० 
  • काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्। सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई गिरोहका बारेमा अनुसन्धान गर्न निर्देशन दिएका हुन्।

    प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा अन्य नेपालीलाई पनि लगिएको र उनीहरू नफर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आरोप लगाएकी छन्। उनले स्पेन जान भन्दै बाटो लागेका र नफर्किएका व्यक्तिहरू भन्दै ५५ जनाको सूची र केही कागजात समेत मिडिया मार्फत सार्वजनिक गराएकी थिइन्।

    त्यस विषयमा समेत अनुसन्धान गर्न गृहमन्त्रीले लेखकले निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ। ‘प्रधानमन्त्रीको टोली बाहेकका व्यक्तिहरू स्पेनको कार्यक्रममा सहभागी भएका हुन् कि होइनन्। को को कसरी गए रु उनीहरूले भिसालगायतका प्रक्रियाको मार्फत कसरी मिलाए ? यी विषयमा अनुसन्धान गर्न भनिएको छ’, गृहमन्त्री लेखकको सचिवालयले भनेको छ।

    अब यो विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचविखन अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने भएका छन्

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.