सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केपी ओलीबिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छः प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/३० असार २०८२, सोमबार ११:१६ 
  • झापा, ३० असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको नेतृत्व गर्न पार्टी सदस्यता नविकरण गरेर पार्टीको काममा सक्रिय रहेको बताएको केही दिनपछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझ २०/२५ बर्ष पार्टीको नेतृत्वमा रहने बताएका छन्। आइतबार नेकपा एमाले झापाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अझै २०/२५ बर्ष पार्टीको नेतृत्वमा रहने दोहोर्‍याए।

    उनले यस्ता अभिव्यक्ति यस अघि दिँदै आएका थिए। तर आइतबारको अभिव्यक्ति भण्डारीको पार्टी अध्यक्ष बन्ने भन्ने अभिव्यक्ति आएको केही दिनपछि आएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘ओलीबिनाको एमाले अहिले कल्पना नगरे हुन्छ। ओलीबिनाको एमालेको कल्पना गरेको भए अझ २०/२५ बर्ष पर्खनुपर्छ।’ उनले पार्टीलाई विखण्डन गराउन एमाले भित्र केही प्रयास भइरहेको बताए। उनले भने, ‘२०/२५ बर्ष पर्ख न केपी ओलीबिनाको एमाले हेर्न पाइहालिन्छ नि। हतार गरेर हुँदैन।’ केपी ओली बिनाको एमाले हेर्न हतार गर्नेहरू आफैं अप्ठ्यारामा पर्ने उनको भनाइ थियो। उनले भने, ‘मूलाको बोट नछिप्पिँदै तान्नुभयो त्यान्द्रो मात्र आउँछ। छिप्पिन दिनुभयो भने मूला निकै बढेको हुन्छ। त्यसैले छिटो तान्ने प्रयास नगर्नुहोला।’

    ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर सङ्कल्पका साथ लाग्ने हो भने एमालेलाई कसैले हराउन नसक्ने दाबी गरे।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.