सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भनाभन र एकअर्कालाई लल्कार्न बन्द गरौँः योगेश भट्टराई


  •    न्युजभित्तो/२७ असार २०८२, शुक्रबार ११:५७ 
  • काठमाडौं, २७ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा रहेको चर्चा सुरु भएसँगै राजनीतिक तरंग तीव्र भएको छ। विशेष गरी अध्यक्ष केपी शर्मा ओलीनिकट समूहमा यसबारे गम्भीर चासो र छलफल भइरहेको छ। एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरू भण्डारीको सक्रिय राजनीतिमा पुनःआगमन उपयुक्त नहुने मतमा छन्। यही विषयलाई लिएर पार्टीको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने समूह र बाहिरी नेताहरूको अर्को समूहबीच विवाद र भनाभन चर्किएको छ।

    बिहीबार बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले विधान महाधिवेशन नभएसम्म पार्टीको नेतृत्वबारे बहस नगर्न स्पष्ट निर्देशन दिएका थिए। संयन्त्रका संयोजक भानुभक्त ढकालले त पार्टी निर्णयविरुद्ध जान खोज्नेहरूलाई ‘नोटिसमा राखिने’ चेतावनीसमेत दिएका छन्। यही विवादबीच एमाले सचिव योगेश भट्टराईले भने दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

    ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने( कृपया यो तरिका बन्द गरौं। बसौं, आपसमा विमर्श गरौं, सहकार्यमार्फत समाधान खोजौं। जबजको मर्म पनि यही हो। राष्ट्र, जनता र एमाले – हामी सबै एक ठाउँ उभिने आधार बनाऔँ, उनले भनेका छन् । पूर्वराष्ट्रपति भण्डारीले आधिकारिक रूपमा राजनीति फर्किने घोषणा नगरे पनि एमालेभित्र उनको सक्रियता र सम्भावित भूमिकाबारे बहस सुरु भइसकेको छ। आगामी दिनमा पार्टीको आन्तरिक सन्तुलन कता मोडिन्छ भन्ने चासो तीव्र बनेको सन्दर्भमा योगेशले संयमित हुन भनेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.