सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साढे ६ महिनापछि आज बस्दै काठमाडौँ महानगर कार्यपालिका बैठक


  •    न्युजभित्तो/२७ असार २०८२, शुक्रबार ११:०० 
  • काठमाडौँ, २७ असार । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो २ बजेका लागि तय गरिएको छ। प्रत्येक महिना बस्नुपर्ने महानगरको कार्यपालिका बैठक नबसेको शुक्रबार साढे ६ महिनापछि बस्न लागेको हो। पछिल्लो पटक पुस १४ गते १६औँ नगरसभा बसेको थियो।

    प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगको विवादका कारण बालेनले कार्यपालिका बोलाएका थिएनन्। उनलाई हटाएर मात्रै कार्यापालिका बोलाउने अडानमा रहेका बालेन अहिले भने उनी रहेकै अवस्थामा बैठक बोलाउने अवस्थामा पुगेका हुन्।

    नगरसभा बस्न नसक्दा महानगरले वार्षिक बजेट समेत ल्याउन सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट नगर सभाले पास गर्न नसके ‘बजेट होली डे’को हुनेछ । महानगर स्रोतका अनुसार शुक्रबार नै महानगरप्रमुखको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्ने छ । त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ।

    शुक्रबारको कार्यपालिका बैठकले नै नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेश गर्ने तयारी छ । सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने र असारभित्रै बजेट पास गर्ने तयारी रहेको स्रोतले बताएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.