सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग


  •    न्युजभित्तो/२३ असार २०८२, सोमबार १६:१२ 
  • काठमाडौँ, २३ असार । सांसदहरुले भूकम्पबाट क्षतिग्रस्त घरहरुको पुनःनिर्माणलाई तीव्रता दिन र आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानार्कषण गराउनुभएको छ ।

    प्रतिनिधिसभाको आजकोे बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद डा सुनिलकुमार शर्माले देशभरको सरकारी अस्पतालको सेवा प्रभावित हुँदा सेवाग्राही मारमा परेकोबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउनुभयो ।

    उपभोक्ता अदातलसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा गरेको आन्दोलनले बहिरङ्ग ९ओपिडी० सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेको उहाँको भनाइ छ । आन्दोलनरत चिकित्सकहरुको मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गर्दै सांसद डा शर्माले चिकित्सकको दरबन्दी बढाउनसमेत माग गर्नुभयो ।

    “मेडिकल काउन्सिलमा परीक्षा दिएर शल्यक्रियाको अधिकार दिने र त्यो चिकित्सकको शल्यक्रिया ठीक छ छैन भनेर निर्णय गर्न दिने उद्योग मन्त्रालयअन्र्तगत बनेको कानुन र नन–मेडिकल मान्छेहरुले गर्ने रु”, सांसद डा शर्माले भन्नुभयो, “चिकित्सकको काम कारबाहीका बारेमा यसरी निर्णय गर्ने विषय लजास्पद र दुखद् हो ।”

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले भूकम्पले क्षतिग्रस्त घरहरुको पुनःनिर्माण तीव्र गतिमा अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानार्कषण गरानउनुभयो ।

    सांसद बस्नेतले जोखिमपूर्ण बस्तीलाई सुरक्षित रुपमा पुनःस्थापना र भूकम्पपीडित नागरिकको जीवनरक्षा एवं सम्मानजनक पुनःस्थापनाको माग गर्नुभयो । पुनःनिर्माण व्यावहारिक नहुँदा यी घरहरुमा बसोबास गर्न जोखिमपूर्ण भएको उहाँले बताउनुभयो ।

    “जाजरकोटसहित भूकम्प प्रभावित जिल्लाका नागरिकहरु अस्थायी टहरामा जोखिमपूर्ण जीवन बिताइरहेको छन् । बाढीपहिरो र मौसमजन्य प्रतिकूलताले उनीहरुको पीडा झन गहिरिएको छ”, सांसद बस्नेतले भन्नुभयो, “भूकम्पले क्षतिग्रस्त घरहरुको पुनःनिर्माण ढिलाइ नगर्न आग्रह गर्छु ।”

    नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का चन्द्रबहादुर विश्वकर्माले भूकम्प प्रभावितको समस्या समाधानमा जोड दिन आग्रह गर्नुभयो ।

    नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले चोभार गल्छीको भूगोल र स्वरुप कुनै हालतमा परिवर्तन हुन नदिइने धारणा राख्नुभयो । उहाँले चोभारमा रहेको बागमती निकास गल्छी काट्ने विषयमा कुनै काम भएको भन्ने उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको जवाफप्रति आभारसमेत प्रकट गर्नुभयो ।

    “मन्त्री सिंह र बागमति सभ्यता र विपद् व्यवस्थापन निकायहरुसँग छलफल गर्दा त्यस्तो कुनै कार्यक्रम नगरिने जवाफ पाएँ, त्यसका लागि आभार व्यक्त गर्छु । भविष्यमा पनि यस्तो काम नहोस्”, सांसद केसीले भन्नुभयो ।

    मञ्जश्री गल्छी धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थान भएको उल्लेख गर्दै उहाँले यस स्थानलाई यसको संरक्षणलाई ध्यान राख्दै डुबानको जोखिम कम गर्ने उपाय खोज्नुपर्नेमा जोठ दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवद्र्धन गरिँदै
    • सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    • पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    • सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.