सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘भिजिट भिसा’ प्रकरणमा संसदीय समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार


  •    न्युजभित्तो/२३ असार २०८२, सोमबार १५:१० 
  • काठमाडौँ, २३ असार । ‘भिजिट भिसा’ प्रकरणमा संसदीय समितिको माग गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई प्रतिपक्षी दलले बैठक बहिष्कार गरेका छन् ।

    निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाएका थिए ।

    सभामुख घिमिरेले सांसद मनिष झालाई बोल्ने समय दिनुभएको थियो । उहाँले यो सरकार नढलोस् भनी केही महिनाअघि भनेको उल्लेख गर्नुहुँदै ‘कुलिङ अफ पिरियड’ का बारेमा सभापतिले संसद्मा प्रस्ताव गरेकोभन्दा फरक विषय पारित हुनु दुःखद् भएको बताउनुभयो ।

    “जुन दलसँग सम्बन्धित दलका नेताका बारेमा प्रश्न उठेको थियो । ती दलका नेताको संयोजकत्वमा समिति गठन नगर्ने सहमति एक वर्षअघि भएको थियो । तर यसपटक त्यसै गर्न खोजिएको छ । यो हामीलाई मान्य छैन,” उहाँले भन्नुभयो ।

    सांसद दीपकबहादुर सिंहले निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ को पनि संसदीय समिति बन्न लागेको उल्लेख गर्नुहुँदै भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रदेखि तल्लो तहका कर्मचारी जोडिएकाले यस बारेमा छानबिन गर्न संसदीय समितिको माग गर्नुभयो ।

    यस विषयमा किन संसदीय छानबिन समिति गठन नगरेको भनी प्रश्न गर्नुहुँदै उहाँले राप्रपाले आजको बैठक बहिष्कार गर्ने बताउनुभयो । रास्वपा र राप्रपाले आजको बैठकबाट बाहिरिएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.