भ्रष्टाचारी, दलालसँग नजराना लिएर सञ्चालन गर्ने पार्टी हाम्रो होइनः रास्वपा चितवन
न्युजभित्तो/२३ असार २०८२, सोमबार ११:३१
चितवन, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले कुनै भ्रष्टाचारी, दलालसँग चन्दा वा नजराना लिएर सञ्चालन गर्ने पार्टी आफ्नो नभएको जनाएको छ । जिल्ला सभापति कृष्ण प्रसाद भुसालले एक अपिल प्रकाशित गरी कहि कतै जबरजस्ती हस्ताक्षर वा चन्दा असुली गरेको भए प्रमाण पेश गर्न चुनौती समेत दिनु भएको हो ।
अपिलमा हस्ताक्षर वा चन्दा उठाइएको भए प्रमाणसहित सार्वजनिक गर्न खुला चुनौती दिइएको छ । अपिलमा भनिएको छ “रास्वपा कुनै पनि चन्दा, नजराना वा भ्रष्टाचारको सहारामा चल्ने पार्टी होइन । यदि जबर्जस्ती वा आर्थिक दुरुपयोग भएको हो भने प्रमाणसहित ल्याउन आग्रह गर्छौं ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले संस्थापक सभापति रवि लामिछानेविरुद्ध गरिएको भनिएको प्रतिशोधपूर्ण व्यवहारको विरोधमा जारी हस्ताक्षर संकलन अभियानलाई अझ तीव्र बनाईएको जनाएको छ । पार्टी स्थापना दिवसको अवसरमा असार ७ गतेदेखि सुरु गरिएको अभियानमा हालसम्म देशभरि दश लाखभन्दा बढी नागरिकले सहभागिता जनाइसकेको पार्टीले जनाएको छ ।
चितवन जिल्लालाई पार्टीको उद्गम स्थलका रूपमा चिनिँदै आएको भन्दै अपिलमा यहाँको अभियानको प्रभाव अझै व्यापक देखिएको जनाएको छ । जिल्ला कार्यसमितिले जारी गरेको अपिलमा उल्लेख भएअनुसार, चितवनमा युवादेखि वयोवृद्धसम्मको स्वतन्त्र, स्वस्फूर्त र स्वेच्छिक सहभागिता रहेको छ ।
पार्टीले हस्ताक्षर अभियानमा सहभागी सबैप्रति आभार व्यक्त गर्दै अभियानलाई कुनैपनि डर, धम्की वा प्रलोभन बिना स्वतन्त्र रूपमा सञ्चालन गरिएको स्पष्ट पारेको छ । साथै, अभियानविरुद्ध विभिन्न कोणबाट फैलाइएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण गराउँदै त्यसप्रति चितवन समितिले घोर आपत्ति जनाएको छ ।
पछिल्लो समय सामाजिक सञ्जाल तथा केही माध्यमहरूमा “हस्ताक्षरपछि नागरिकको बैंक खाता ह्याक भयो” भन्ने जस्ता भ्रामक सूचनाहरू फैलिएकोप्रति चिन्ता व्यक्त गर्दै पार्टीले यस्ता हल्लामा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अपिलमा भनिएको छ, “हामीले यस्तो निचताको परिकाष्ठा देखिनेछ भन्ने कल्पना पनि गरेका थिएनौँ ।”
चितवनमा हस्ताक्षर गर्न गएका केही व्यक्तिहरूप्रति गालीगलौज र धम्कीपूर्ण व्यवहार गरिएको घटनालाई लिएर पनि पार्टीले आपत्ति जनाएको छ । अभियान पूर्ण रूपमा जनताको स्वतन्त्रताको अभिव्यक्ति भएको भन्दै त्यसलाई रोक्ने प्रयासप्रति चितवन कार्यसमितिले आलोचना गरेको हो ।
पार्टीले अभियानलाई बदनाम गर्न खोज्ने, नकारात्मक प्रचार गर्ने र लोकतन्त्रको नाममा जनमत भ्रमित पार्ने तत्वप्रति पनि कडा सन्देश दिएको छ । चितवन समितिले यस्ता विकृत मानसिकता भएका व्यक्तिहरूलाई आफ्नो पार्टी सुदृढ बनाउने दिशामा लाग्न सुझाव समेत दिएको छ ।
रास्वपाले देशैभर चलिरहेको यस अभियानमा सहभागी भएका सम्पूर्ण नागरिकप्रति धन्यवाद ज्ञापन गर्दै भ्रम र अफवाहबाट सचेत रहन सबैमा अपिल गरेको छ । चितवनमा रास्वपाको जनआधार थप सुदृढ हुँदै गएको सन्देशसहित पार्टीले भविष्यमा पनि चितवनलाई पार्टीको सशक्त केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गौतमले नकारात्मक सोचका साथ हाम्रो पार्टीका विरुद्ध भ्रम फैल्याउँदैमा पार्टी अभियान नरोकिने भन्दै भ्रमलाई चिर्दै अघि बढ्ने बताउनुभयो । यस्तो भ्रम फैल्याउनेहरु आफै सिद्धिने भन्दै उहाँले वास्तविकताका अगाडि भ्रमहरु धेरै समय नटिक्ने बताउनुभयो । रास्वपाको अभियान देखेर अन्य पार्टीका साथाीहरुमा जुन भ्रम जागृत भएको छ, भ्रम छर्न नलागि आफ्नो पार्टी बनाउन लगाउन उहाँले आग्रह समेत गर्नुभयो ।
पार्टी सभापति रवि लामिछानेका विरुद्ध राज्यले प्रतिरोधपूर्ण व्यवहार गरेको भन्दै गौतमले भन्नुभयो “कानुनी बाटो र पक्ष जेसुकै भएता पनि अनुसन्धानका क्रममा गरिएको यो हदसम्मको व्यवहार प्रतिशोधपूर्ण हो भन्ने हस्ताक्षर गर्न आउने सबैको ठहर छ ।” कानुनले सजाय दिनु वा नदिनु विषयलाई लिएर हिरासतमा राखिनु गलत भएको भन्दै उहाँले थप्नुभयो “जो व्यक्ति भागेर कतै जान्छ, निस्किएर प्रमाण लुकाउन सक्छ, वा अन्य अपराधिक घटना घटाउन सक्ने त्यस्तोलाई हिरासतमा राख्ने हो ।” सभापति लामिछानेले अनुसन्धानलाई सघाउने भन्दै आउनु भएको चर्चा गर्दै गौतमले अनुसन्धानलाई सघाउने व्यक्तिलाई हिरासतमा राख्नु पर्ने आवश्यकता नरहेको बताउनुभयो ।