सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राधिकरणसम्बन्धी विधेयक यथाशीघ्र अगाडि बढाऔँः मन्त्री पाण्डे


  •    न्युजभित्तो/२० असार २०८२, शुक्रबार १५:०१ 
  • काठमाडौँ, २० असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयान प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक, २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

    सिंहदरबारमा आज भएको प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उहाँले विधेयक सरकारले मात्र नभइ सम्बन्धित समिति, सरोकार भएका निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने स्पष्ट पार्नुभयो ।

    “प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्टाछुट्टै संरचना आवश्यक छ”, मन्त्री पाण्डेले भन्नुभयो,“आइकाओलगायतका अन्तरराष्ट्रिय निकायको सिफारिस र नेपालको आवश्यकताका आधारमा विधेयक ल्याइएको हो । नेपालमा हवाई सुरक्षासम्बन्धी चुनौती कायमै रहेकाले विधेयकमा संरचना विभाजनको विषयमा कुनै अन्योल छैन ।”

    उहाँले विधेयक तयार पार्ने क्रममा सरोकार भएका निकाय र विज्ञहरूसँग पटक–पटक छलफल र परामर्श गरिएको जानकारी दिनुभयो । मन्त्री पाण्डेले नियामक र सेवा प्रदायक निकाय छुट्टिएर स्वायत्त रूपमा सञ्चालनमा आए मात्र हवाई सुरक्षामा सुधार आउने धारणा राख्नुभयो ।

    उक्त विधेयकमाथि प्रतिनिधिसभाका ७५ जना सांसदहरूले भाग लिएर छलफल भइसकेको र अब संशोधनमाथि गहन छलफल गरेर निष्कर्षमा पुगिने उहाँको विश्वास थियो ।

    समितिका सभापति राजकिशोर यादवले विधेयक राष्ट्रको इज्जत र प्रतिष्ठासँग जोडिएकाले विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । विधेयक महत्त्वपूर्ण प्रकृतिको भएकाले सांसदहरूलाई गम्भीरतापूर्वक छलफलमा सहभागी भई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

    समितिका सदस्यहरूले हवाई सेवासम्बन्धी विधेयकलाई शीघ्र अगाडि बढाउनुपर्नेमा एकमत देखिएका छन् । समितिको बैठकमा सांसद एकनाथ ढकालले लामो समयको छलफलपछि विधेयक समितिमा आएको उल्लेख गर्दै अब यसलाई कार्यतालिका बनाएर अघि बढाउनुपर्ने बताउनुभयो।

    समिति सदस्य सुदन किरातीले हवाई सेवा देशको कूटनीतिक छवि र प्रतिष्ठासँग जोडिएको विषय भएकाले विधेयक छिट्टै टुङ्ग्याउनुपर्ने धारणा राख्नुभयो।

    सांसद हितबहादुर तामाङले विधेयकलाई दफावार छलफल गरी टुङ्ग्याउनुपर्ने सुझाव दिनुभयो । अर्का सांसद शिशिर खनालले हवाई सेवा सुरक्षा प्रणालीमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

    सांसद भीम आचार्यले विधेयकलाई अघि बढाउनुको विकल्प नभएको भन्दै ढिलाइ गर्न नहुने धारणा राख्नुभयो । सांसद प्रभु साहले पनि विधेयक अगाडि बढाउन ढिलाइ नगर्न आग्रह गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवद्र्धन गरिँदै
    • सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    • पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    • सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.