सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह


  •    न्युजभित्तो/२० असार २०८२, शुक्रबार १२:५८ 
  • काठमाडौँ, २० असार । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

    नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गर्नुभएको हो ।

    “निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरु लगानीमैत्री छन् । लगानीका क्षेत्रहरु पहिचान राम्रो तयारी गरी अघि बढ्नुहोस् । सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

    प्रतिनिधिमण्डलमा सहभागीले सूचना प्रविधि, व्यापार, जलविद्युत्, पूर्वाधार, वातावरण, पर्यटनलगायत क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए । प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा चाइ कि खान, गणेशकुमार वनगाह, एमके सङ्ग्राहलगायत सहभागी हुनुहुन्थ्यो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवद्र्धन गरिँदै
    • सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    • पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    • सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.