सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एकजुट भएमा कांग्रेसले बहुमत ल्याउन सक्छः सभापति देउवा


  •    न्युजभित्तो/१३ असार २०८२, शुक्रबार १५:४७ 
  • चितवन, १३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस एक भएर लागेमा आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने बताएका छन् । चितवनको नारायणगढमा आज कांग्रेसका स्वर्गिय नेता श्यामकृष्ण प्रधानकी धर्मपत्नी गौरीदेवि प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

    ‘अहिले नेपालको सन्दर्भमा कुनैपनि दललाई बहुमत ल्याउन कठिन छ । नेपाली कांग्रेस एक भएर लाग्यो भने एक्लै बहुमत ल्याउन सक्दछ,’–उनले भने । उनले नेपाली कांगेसमा एक अर्काप्रति हराउन लाग्ने प्रवृति बढी रहेको समेत सुनाए । ‘हाम्रो पार्टीमा एक अर्कालाई छेक्ने र टिकट लिएर आएपछि अर्को समुह हराउन लाग्छ’ उनले भने ‘यहाँ एक अर्कालाई रोक्ने आरोप छदैँ छ ।’ पार्टीले नै आफुलाई सभापति र प्रधानमन्त्री बनाएकाले आगामी दिनमा कांग्रेसलाई अझै राम्रो बनाउँदै लैजाने प्रतिवद्धता समेत उनले जनाए ।

    संसदमा कसैको पनि बहुमत नभएकाले कांग्रेसले कहिले माओवादी र कहिले एमालेसँग मिलेर सरकार बनाउनु परेको बताए । सभापती देउवाले अहिलेको संविधान उत्कृष्ट रहेकाले यसलाई बचाउन आवश्यक रहेको बताए । ‘अहिलेको संविधान राम्रो छ । समावेशी छ र समानुपातिक छ । यसले सबैको प्रतिनिधित्व गरेको छ,’ उनले भने ‘नेपाली कांग्रेसले संविधानलाई बचाउनु छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवद्र्धन गरिँदै
    • सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    • पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    • सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.