सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इरानी राष्ट्रपतिले भने-१२ दिने युद्ध सकियो, अब पुनर्निर्माणमा लागौं


  •    न्युजभित्तो/११ असार २०८२, बुधबार १६:४२ 
  • तेहरान, ११ असार । इरानी राष्ट्रपति मसूद पेजेस्कियनले मंगलबार १२ दिने युद्धको अन्त्य भएको घोषणा गर्दै सबै सरकारी निकाय लगायतका संस्थाहरूलाई पुनर्निर्माणमा आफ्ना सबै प्रयासहरू केन्द्रित गर्न आग्रह गरेका छन् ।

    पेजेस्कियनले युद्धविराम लागु भएपछि इरानी जनतालाई दिएको सन्देशमा भने, ‘आज तपाईंको साहसी र ऐतिहासिक साथले हामी युद्धविराम र इजरायलले इरानविरूद्ध लादेको १२ दिनको युद्धको अन्त्य गर्न सफल भयौँ ।’

    इजरायल आणविक सुविधाहरू नष्ट गर्ने र आणविक ज्ञानलाई कमजोर पार्नुका साथै सामाजिक उत्तेजना गराउने लक्ष्यहरू हासिल गर्न असफल भएको उनले जिकिर गरेका छन् ।

    यसैगरी, इजरायल र यसका सहयोगीहरूले कब्जा गरिएका क्षेत्रहरूमा महत्वपूर्ण सुविधाहरू र केन्द्रहरूको विनाशले विश्वलाई एउटा प्रमुख सन्देश पठाएको र इरानविरुद्धको दुस्साहसको मूल्य अत्यधिक भारी भएको भन्ने बुझाएको बताए ।

    मङ्गलबार संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको फोनवार्तामा पेजेस्कियनले आफ्नो देश वार्ताको टेबलमा अन्तर्राष्ट्रिय ढाँचाभित्र सबै मुद्दाहरू समाधान गर्न तयार रहेको बताएका छन् ।

    अमेरिका र इजरायलले इस्लामिक देशहरूबीच कलह र शत्रुता सिर्जना गर्न खोजिरहेको उनले जिकिर गरे । उनले इरानले यस क्षेत्रमा एकता र शान्ति बलियो बनाउने आधार उनीहरूको विकासको गति बढाउनु रहेको उल्लेख गरे ।

    यही जुन १३ मा इजरायलले आणविक र सैन्य स्थलसहित इरानका विभिन्न क्षेत्रहरूमा हवाई आक्रमण गर्दा वरिष्ठ कमान्डर, आणविक वैज्ञानिक र नागरिकहरूको मृत्यु भएको छ । इरानले इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरी जवाफी हमला गर्दा कैयौँ हताहत र भारी क्षति पुगेको जनाइएको छ ।

    शनिबार अमेरिकी, एयर फोर्सले तीन इरानी आणविकस्थलहरू फोर्डो, नटान्ज र इस्फहानमा बम प्रहार गरेको थियो यसको जवाफमा इरानले सोमबार कतारस्थित अमेरिकी एयर बेसमा मिसाइल प्रहार गरेको छ ।

    इरानको आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई पक्षबीचको युद्धविराम मङ्गलबारदेखि सुरु हुने घोषणा गरेका थिए । यसलाई इरान र इजरायल दुवैले स्वीकार गरेका छन् । घोषणासँगै यस क्षेत्रमा युद्धविराम सुरु भएको छ । सिन्ह्वा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.