सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रास्वपाद्वारा प्रधानमन्त्रीलाई आफ्नो माग सुनाउन नपाएको गुनासो


  •    न्युजभित्तो/६ असार २०८२, शुक्रबार १३:५० 
  • काठमाडौँ, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको जनाएका छन् ।

    ‘भिजिट भिसा’ प्रकरणको उठाई संसद्मा विरोध जनाउँदै आएको सो पार्टीले आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “हामी प्रधानमन्त्रीज्यूलाई हाम्रा कुरा सुनाउन चाहन्थ्यौँ, उहाँ हाम्रा कुरा नसुनी बैठकबाट निस्किनुभयो । त्यसपछि हामी पनि निस्क्यौँ ।” प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सबै सांसदहरूले विरोधस्वरूप कालोवस्त्र र नीलो ‘रिबन’ लगाएर उपस्थित हुनुभएको थियो । नीलो रिबन विश्वव्यापी रुपमा मानव तस्करीको विरोधस्वरूप सङ्केत मानिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आलेख: वन्यजन्तुप्रतिको बद्लिँदो दृष्टिकोण
    पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
    एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
    • सिमरा सेजका उद्योगद्वारा उत्पादन सुरु
    • विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
    • तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु: जिल्ला प्रशासन
    • किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै: पोखरा महानगर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.