सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिका नगरपालिकामा ९५ करोड ७ लाखको बजेट प्रस्तुत


  •    न्युजभित्तो/५ असार २०८२, बिहीबार ११:४४ 
  • कालिका, ५ असार । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९५ करोड ७ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ । बुधबार सातौं नगर सभामा उपमेयर विमला तामाङले अनुमानित आन्तरिक आय ७ करोड तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानलाई अनुमान गरेर बजेट प्रस्तुत गर्नुभयो ।

    कालिका नगरपालिकाले आगामी बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको मेयर विनोद रेग्मीले जानकारी दिनुभयो । नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि व्यवसाय दर्ता र नवीकरण शुल्क एक सय रूपैयाँ मात्रै लिने गरी बजेट ल्याएको रेग्मीले बताउनुभयो । ’कृषि व्यवसाय दर्ता गर्दा यसअघि एक हजारदेखि पाँच हजार रूपैयाँसम्म शुल्क तिर्नुपथ्र्यो । अब दर्ता र नवीकरणमा एक सय रूपैयाँभन्दा तिर्नुपर्दैन,’ मेयर रेग्मीले भन्नुभयो, ’कृषि क्षेत्रको विकासमा प्रोत्साहन गर्न छुट तथा अनुदानका कार्यक्रमलाई प्राथमिकतामा राखेका छौं । ’

    कालिका नगरपालिकामा मह, केरा, च्याउ तथा अन्य तरकारी खेती विस्तार भइरहेको छ । दूध र मासुका लागि व्यवसायिक पशुपालन पनि बढिरहेको छ । कृषि तथा पशुपालनको क्षेत्रमा युवाहरूलाई आकर्षित गर्ने गरी नीति तथा कार्यक्रम र बजेट तयार गरिएको जानकारी मेयर रेग्मीले दिनुभयो । उहाँले मह, च्याउ, केरा, रैथाने कोदो, फापर, अदुवा, हलेदो, पिँडालु लगायत कालिकाका स्थानीय उत्पादन बढाउन र बजारीकरण गर्न यान्त्रिकीकरण र सिँचाइमा लगानी बढाउने बताउनुभयो । चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रमलाई पनि प्राथमिकतामा राखेर बजेट तयार पारेको जानकारी उहाँले दिनुभयो । कालिका नगरपालिकाको वडा नम्बर १० र ११ चेपाङ बाहुल्य वडा हुन ।

    नगरपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने उपमेयर विमला तामाङले जानकारी दिनुभयो । कालिका नगरपालिकाले चालु आर्थिक वर्षका लागि ९२ करोड ९७ लाख ७४ हजार रूपैयाँको बजेट ल्याएको थियो । यस वर्षको जेठ मसान्तसम्ममा चालु खर्च ७२.३४ प्रतिशत र पुँजीगत खर्च ४२.७७ प्रतिशत खर्च भएको वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    • राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवद्र्धन गरिँदै
    • सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    • पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.