सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च


  •    न्युजभित्तो/२ असार २०८२, सोमबार १७:०० 
  • भरतपुर, २ असार । चितवनको भरतपुर महानगरपालिकामा सवारीसाधन मर्मत तथा इन्धनमा मात्रै आन्तरिक आयको ३ दशमलव ६ प्रतिशत रकम खर्च भएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सवारीसाधन मर्मत र इन्धनमा मात्रै ४ करोड ७८ लाख ८४ हजार ८ सय ५७ रुपैयाँ खर्च भएको हो । सो आर्थिक वर्षमा महानगरपालिकाको आन्तरिक आय १ अर्व ३३ करोड १९ लाख ८७ हजार ५ सय २० रुपैयाँ रहेको थियो ।

    भरतपुर महानगरपालिकाका चार ट्याक्टर, तीन दमकलसहित ३७ वटा चारपाङ्ग्रे सवारीसाधन, ८३ वटा मोटरसाइकल गरी १ सय २० सवारीसाधनमा एक वर्षको अवधिमा ३ करोड ९१ लाख ८६ हजार ९ सय ६२ रुपैयाँ इन्धन खर्च भएको महालेखाको प्रतिवेदनले जनाएको छ । यस्तै यी सवारीसाधन मर्मतका लागि १ करोड २६ लाख ९७ हजार ८ सय ९५ रुपैंया खर्च भएको छ । यो रकम महानगरपालिकाको वार्षिक बजेटबाट अनुमानित रकमभन्दा बढि हो । सवारीसाधन मर्मतका लागि महानगरपालिकाले ८० लाख रुपैयाँ विनियोजन गरेको थियो । बजेट नपुगेपछि पटक–पटक अन्य शिर्षकबाट बजेट रकमान्तर गरिएको देखिन्छ ।

    इन्धन सुविधामा महानगरका केही पदाधिकारीले चरम दुरुपयोग गरेको महालेखाले औल्याएको छ । स्थानिय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धि ऐन २०७५ लाई संसोधन गर्न बनेको ऐन २०७६ को दफा ३ को अनुसुची क ९ख० अनुसार नगरप्रमुख र उपप्रमुखले प्रति महिना १ सय ५०र१ सय ५० लिटर इन्धन सुविधा पाउने व्यवस्था रहेको छ । यसरी एक पदाधिकारीले वार्षिक १८ सय लिटर इन्धन पाउनेछन । तर भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले वर्षमा ५ हजार ६ सय १० लिटर पेट्रोल प्रयोग गरेका छन् । यसरी पाउने सुविधाभन्दा अधिकारीले ३ हजार ८ सय १० लिटर पेट्रोल बढि लिएका छन् ।

    अधिकारीले पाउने सुविधाभन्दा तेब्बर बढि प्रति महिना ४ सय ६७ लिटर पेट्रोल सुविधमा लिएको महालेखा प्रतिवेदनमा उल्लेख छ । यसरी प्रतिलिटर औषत १ सय ७५ रुपैयाँले हिसाब गर्दा अधिकारीले आफुले पाउने सुविधाभन्दा ६ लाख ६६ हजार ७ सय ५० रुपैयाँ बढिको इन्धन प्रयोग गरेको देखिन्छ । यसरी नियमले तोकेभन्दा बढि इन्धन सुविधा लिएकोमा महालेखाले प्रश्न समेत उठाएको छ । पालिका क्षेत्रमा नगर उपप्रमुखबाट २ सय ६५ योजनामा अनुगमन भएको खर्च भुक्तानी अभिलेखबाट देखिएको छ भने अन्य परियोजना नखुलेका महानगर क्षेत्र बाहेकका विभिन्न जिल्लामा भ्रमण गरेको देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

    यस्तै महानगरपालिका प्रमुख रेनु दाहालले आफुले पाउने सेवा सुविधाभित्रको परिधिभित्र रहेर पेट्रोलको सुविधा लिएको देखिन्छ । महालेखा परीक्षकका अनुसार दाहालले चढ्दै आएको ना १ झ १४६२ नम्वरको सवारीसाधनमा १६ सय ५८ लिटर पेट्रोल प्रयोग भएका छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    • राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवद्र्धन गरिँदै
    • सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.