सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सूचना प्रविधिलाई उत्पादनशील क्षेत्रका रुपमा विकास गर्नुपर्छः सांसद कार्की


  •    न्युजभित्तो/२ असार २०८२, सोमबार १४:२३ 
  • काठमाडौँ, २ असार । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुरकार्कीले सूचना प्रविधिलाई उत्पादनशील क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा आव २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा भाग लिँदै उहाँले बेरोजगारीको अन्त्य र विकाससँगै समृद्धिको ढोका खोल्नका निम्ति आइटीको विकास गर्न जरुरी रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “नेपालमा झण्डै ७० प्रतिशत जनसङ्ख्या आज मोबाइल र इन्टरन्ेटको पहुँचमा छन् । लाखौँ युवा बेरोजगार छन् । छिमेकी देशहरुले आइटी सेवाको निर्यातबाट वर्षको अर्बौ डलर आम्दानी गरिरहेका छन् । त्यसैले यो क्षेत्रलाई घोषणाको विषय मात्र होइन यस क्षेत्रलाई विकास गरेर लानुपर्नेछ ।”

    सांसद कार्कीले बजेटमा समर्थन जनाउँदै यो बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको बताउनुभयो ।

    “यो बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त छन्”, उहाँले भन्नुभयो, “बजेटले उच्च, दिगो, फराकिलो आर्थिक वृद्धि दर हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास र सावर्जनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने विषय प्राथमिकतामा राखेको छ ।”

    सांसद कार्कीले अहिलेको बजेट कार्यान्वयन प्रतिफलमूखी बनाउन विनियोजन क्षमता, कार्यान्वयन क्षमता र जवाफदेहिता तथा नीगित हस्तक्षेपका निम्ति अर्थमन्त्रीले मूल्याङ्कन गरे अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

    उहाँले जबसम्म बजेटमा गरिएका प्रतिबद्धता कार्यान्वयन गरेर देखाउन सकिँदैन तबसम्म मुलुक र बजेटले हासिल गर्ने भनिएको लक्ष्य प्राप्त गर्ने कठिनाइ हुने उल्लेख गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    • राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवद्र्धन गरिँदै
    • सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.