सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त


  •    न्युजभित्तो/३१ जेष्ठ २०८२, शुक्रबार १२:०५ 
  • काठमाडौँ, ३० जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

    पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत गुजरातस्थित अहमदावादको सरदार वल्लभभाइ पटेल अन्तरराष्ट्रिय विमानस्थलबाट लण्डनका लागि उडेको एयर इन्डियाको एआई–१७१ जहाज विमानस्थल नजिकै दुर्घटनाग्रस्त भई विमानमा सवार २४२ यात्रुमध्ये २४१ जनाको दुःखद् निधन भएको समाचारले मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।

    “म राष्ट्रपति रहेको बखत भारतको औपचारिक भ्रमणका क्रममा गुजरात पुगेका अवसरमा मलाई न्यानो आतिथ्य प्रदान गर्नुभएका तत्कालीन मुख्यमन्त्री विजय रुपाणीकोसमेत उक्त विमान दुर्घटनामा निधन भएको समाचारबाट अत्यन्त दुःखी भएकी छु”, पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “उक्त विमान दुर्घटनामा अमूल्य जीवन गुमाउनुभएका गुजरातका पूर्वमुख्यमन्त्री रुपाणी, दुर्घटनास्थलमा रहेको बीजे मेडिकल कलेजको छात्रवासका विद्यार्थी र स्थानीयका साथै विमानमा सवार यात्रु तथा चालक दलका सदस्यहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।”

    पूर्वराष्ट्रपति भण्डारीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.