सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनेरास्ववियु चितवनको संयोजकमा सरोज तिमिल्सिना


  •    न्युजभित्तो/२६ जेष्ठ २०८२, आईतवार ११:४८ 
  • चितवन, २५ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनको संयोजकमा सरोज तिमिल्सिना चयन भएका छन । शनिवार नेकपा एमाले चितवनको पार्टी कार्यालयमा आयोजित भेलाकाबीच अध्यक्ष हरि आचार्यले उपाध्यक्ष सरोज तिमिल्सिनालाई संयोजकको जिम्मेवारी तोकेका हुन् ।

    ३२ वर्षे उमेर हदबन्दिका कारण अध्यक्ष आचार्यले तिमिल्सिनालाई संयोजक तोकेको अनेरास्ववियुले जनाएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष आचार्यले जिल्ला कमिटीबाट बिदा लिएका हुन् । अनेरास्ववियुको महाधिवेशन आज ९जेठ २५० बाट सुरु हुँदैछ ।

    त्यसैगरी कमिटीको सहसंयोजकको जिम्मेवारी अमित आचार्य र सचिवको जिम्मेवारी प्रदिप पराजुलीले पाएका छन् । अमित आचार्य जिल्ला सचिव थिए भने प्रदिप पराजुली सहसचिव । जिल्ला कमिटी सबै सदस्य रहने ३९ सदस्यीय आयोजक कमिटी बनेको अनेरास्ववियुले जनाएको छ । नवगठित आयोजक कमिटीले २९ औं जिल्ला अधिवेशन सम्पन्न गर्नेछ ।

    उपाध्यक्ष तिमिल्सिनालाई संयोजक तोक्नु अघि जिल्ला कमिटी सदस्यमा अर्जुन अर्याललाई मनोनित गरिएको थियो भने कमिटीकी कोषाध्यक्ष अनुजा खनाल विदेशको बसाईमा रहेकाले कमिटीबाट विदाई गरिएको थियो । भेलामा अनेरास्ववियु केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज अमित कुमार गुप्ताको प्रमुख आतिथ्यता र नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकको विशेष उपस्थिति रहेको थियो ।
    भेलालाई सम्बोधन गर्दै अध्यक्ष पाठकले महाधिवेशनमा चितवन एक ढिक्का भएर लाग्न आग्रह गरे । अनेरास्ववियुका अध्यक्ष हरि आचार्यले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको प्रति प्रशंसा गर्दै अध्यक्ष पाठकले आयोजक कमिटीलाई बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.