सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जातीय एकता वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न :प्रधानमन्त्रीको आह्वान


  •    न्युजभित्तो/२० जेष्ठ २०८२, सोमबार १५:५० 
  • काठमाडौँ, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी वृद्धि गर्दै सबै जातिको अधिकार स्थापना गरी राष्ट्रिय एकताका माध्यमबाट राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुभएको छ ।

    आदिवासी जनजाति उत्थान प्रतिष्ठानको सञ्चालक परिषद्को आज सिंहदरबारमा भएको २५औँ बैठकमा परिषद्को अध्यक्ष प्रधानमन्त्री ओलीले पछाडि परेका जातिलाई उत्थान र क्षमता वृद्धि गरेर राष्ट्रिय समृद्धिमा लानुपर्नेमा जोड दिनुभएको हो ।

    “मुलुकमा सांस्कृतिक थिचोमिचो भइरहेका बेला नेपालका सबै जातिहरूरुले आफ्नो पहिचान खोजेर त्यसलाई महत्त्व दिनु नेपालको सांस्कृतिक सम्पन्नताको पहिचान हो । हामीले संस्कृति मर्न दिनु हुँदैन,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “जातीय विकासको कुरा गर्दा हामीले जातीय वैमनस्यता र चिसोपन खोजेको होइन । आपसी एकता र समझदारी र सामाजिक न्याय खोजेको हो । यस प्रतिष्ठानलाई दलीय वा राजनीतिक मतदभेदका आधारमा होइन, साझा संस्थाका रूपमा लिएर जानुपर्छ ।”

    प्रधानमन्त्री ओलीले आफूहरूले व्यवस्था परिवर्तन गरेर अवस्था गरेको जनाउँदै देखिएका कमजोरीलाई अनुभवका आधारमा सच्याउँदै लोकतन्त्रलाई बलियो बनाएर लाने बताउनुभयो । उहाँले कम्तीमा वर्षमा दुईपटक प्रतिष्ठानको सञ्चालक परिषद्को बैठक बसेर समसामयिक समस्यामाथि छलफल गरेर समाधानका उपायका लागि सरकारसँग सिफारिस गर्न आग्रह गर्नुभयो ।

    बैठकमा प्रतिष्ठानको आगामी आर्थिक वर्षका लागि बजेट र कार्यक्रम, चालु आर्थिक वर्षको समीक्षा, थप जातिको सूचीकरण आदि कार्यसूची रहेका छन् । हाल मुलुकमा ३७ प्रतिशत आदिवासी जनजाति रहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.