सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सकारात्मक र सक्षम युवा समाज रूपान्तरणका नायक बन्न सक्छन् : उपप्रधानमन्त्री सिंह


  •    न्युजभित्तो/१५ जेष्ठ २०८२, बुधबार १४:४९ 
  • पाटन (ललितपुर), १४ जेठ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रूपान्तरणका नायक बन्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास २०२५ को उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सिर्जना र साहसको स्रोत मानिने युवा वर्ग राज्यको आवश्यकता पहिचान गरी योगदान पुर्‍याउन तत्पर रहने विश्वास व्यक्त गर्नुभएको हो ।

    “वर्तमान अवस्थामा हिमालको काखमा अवस्थित हाम्रो सुन्दर भूमि आन्तरिक र बाह्य बसाइँसराइको अस्वभाविक प्रवृत्तिले रित्तिँदो अवस्थामा रहेको छ, इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाको साथ खोजिरहेको छ, सुन्दर र शान्त यो भूमिले खोजेको साथलाई यहाँहरूले पक्कै छाडेर हिँड्नु हुने छैन भन्ने विश्वास रहेको छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

    उहाँले युवाको सर्वाङ्गीण विकासको लागि अनुकूल वातावरण निर्माण गरी नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराउने उद्देश्यले विसं २०७२ मा राष्ट्रिय युवा परिषद्को स्थापना भएको स्मरण गर्दै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने र गर्न सकिने कामहरूका लागि हामी तपाई युवाहरूबाट अपेक्षा र सुझाव चाहन्छौँ भन्नुभयो ।

    उपप्रधानमन्त्री सिंहले विश्वमा बढ्दै गएका पर्यावरणीय तथा वातावरणीय समस्या, राजनीतिक ध्रुवीकरण, अन्तरराष्ट्रिय सम्बन्ध, आणविक हातहतियारको प्रयोगलगायतका सवालमा युवा वर्गलाई सचेत गराउनुका साथै समस्या समाधानका लागि युवाबीच छलफल, अन्तर्क्रिया र सामूहिक उत्तरदायित्वको साझा धारणा निर्माण हुने बताउनुभयो । पछिल्लो जनगणनाअनुसार नेपालमा हाल १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत रहेको स्मरण गर्दै उहाँले यो हाम्रो लागि जनसाङ्ख्यिक लाभको समय पनि हो भन्नुभयो ।

    युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मुलुकको सर्वाङ्गिण विकासका युवाहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै नीतिनिर्माणमा युवाहरूको अर्थपूर्ण सहभागिताका लागि युवा परिषद्ले विभिन्न किसिमका रचनात्मक कार्यक्रम गर्दै आएको जानकारी गराउनुभयो । उहाँले यो अभ्यासबाट राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा नेतृत्वदायी भूमिकामा अव्वल हुने विश्वास व्यक्त गर्दै हरेक क्षेत्रमा युवा वर्गको सहभागितालाई महत्त्व दिएका छौँ भन्नुभयो ।

    मन्त्री चौधरीले जोश र होसका साथ कानुन र दायित्वप्रति प्रतिबद्ध रहेर अगाडि बढ्न यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा राख्नुभया े।

    संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का नेपाल प्रतिनिधि क्योको योकोसुकाले यस नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास विश्व परिवेशको विविधता, समावेशीता, कुटनैतिक पक्ष र लोकतान्त्रिक पद्धतिलाई परिस्कृत बनाउन सहयोग पुर्‍याउने विस्वास व्यक्त गर्नुभयो ।

    राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुको नेतृत्व विकास गर्दै अन्तरराष्ट्रिय मञ्चहरुमा युवाहरूलाई दक्ष र सक्षम बनाउन, विश्वव्यापी मुद्दा, सांस्कृतिक समझदारी, दिगो विकास लक्ष्यलगायतका विषयवस्तुमा बहस गर्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले देशैभरबाट सहभागी भएका युवाहरूको नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास चार दिनसम्म सञ्चालन हुने जानकारी गराउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.