सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोशी प्रदेशसभा बैठक : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी


  •    न्युजभित्तो/१५ जेष्ठ २०८२, बुधबार १४:४४ 
  • विराटनगर, १४ जेठ । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता, २०८२’ माथिको छलफलले निरन्तरता पाएको छ । छलफलमा कोशी प्रदेशसभा सदस्य राजन किराँती र निरन राईसहित ११ जना सदस्य बोल्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतम अमात्यले जानकारी दिनुभयो ।

    उहाँहरुले छलफलको क्रममा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई मूर्तरुप दिन विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबाट बन्ने बजेट आम नागरिकलाई अनुभूति गर्ने किसिमको हुनुपर्छ भन्नुभयो । उहाँहरुले बजेटमा प्रदेशसभाका सदस्यहरुको ९० प्रतिशत योजनालाई समावेश गर्नुपर्ने, जनताको जीवनस्तर सुधार्ने किसिमको हुनुपर्ने, भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकासमा जोड दिनुपर्ने सुझाव दिनुभएको छ ।

    विशेष समय

    नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिंथेपले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई परिवर्तन गर्न कसैले पनि नसक्ने बताउनुभयो । उहाँले अहिलेको परिवेशमा सबैले आफूलाई सच्याउँदै लैजानुपर्ने धारणा राख्दै सरकार सुशासन र सेवा प्रवाहको क्षेत्रमा लागि पर्नुपर्ने विचार राख्नुभयो । यसैगरी,बैठकको शून्य समयमा गोम्बु शेर्पा, प्रदीपकुमार सुनवार, रामकुमार खत्री, कमला दर्नाल र किशोरचन्द्र दुलालले बोल्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.