सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओली-देउवा छलफलको निष्कर्षः गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह


  •    न्युजभित्तो/१५ जेष्ठ २०८२, बुधबार १४:३० 
  • काठमाडौं, १४ जेठ । सत्तापक्षका शीर्ष नेताहरूले संसदमा उठेका प्रश्नका विषयमा गृहमन्त्रीलाई प्रस्ट पार्न दिन विपक्षी दलहरूसँग आग्रह गरेका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि यस्तो आग्रह गर्ने निर्णय गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच केहीबेरअघि भएको छलफलमा गृहमन्त्री रमेश लेखक पनि थिए।

    बैठकमा संसद बैठक सञ्चालन र विपक्षीका मागका विषयमा छलफल भएको थियो। सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले भने, ‘भोलि बजेट ल्याउनुपर्नेछ। एउटा कर्मचारीको विषयलाई लिएर संसद अवरुद्ध गर्नु राम्रो होइन। प्रतिपक्षीले त्यो कुरा बुझ्नुपर्छ भन्ने हाम्रो आग्रह हो।’हिजो विपक्षीको मागअनुसार संसद स्थगित भएको र आज विपक्षीले सदन चलाउन सहयोग गर्नुपर्ने निष्कर्षसहित छलफल सकिएको उनले बताए।

    ‘प्रमुख प्रतिपक्षीकै मागका कारण हिजो संसद स्थगित भयो,’ उनले भने, ‘तर, आज हामी अगाडि बढ्ने कुरामा उहाँहरुले सहयोग गर्नुपर्छ। आर्थिक सर्वेक्षण आज पेस गर्नैपर्ने हुन्छ। भोलि बजेट ल्याउनुपर्नेछ। गृहमन्त्रीज्यूले बोल्छु भन्नुभएको छ, संसदमा उठेको कुरा प्रस्ट पार्छु भन्नुभएको छ। उहाँलाई बोल्ने वातावरण बनाउन प्रतिपक्षीले सहयोग गर्नुपर्छ। बोल्न नदिने कुराका लागि भूमिका खेल्ने कुरा राम्रो हुँदैन।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    • नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.