सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्द्धन गर्न कांग्रेस प्रतिबद्ध छ : सभापति


  •    न्युजभित्तो/१५ जेष्ठ २०८२, बुधबार १४:२८ 
  • पाटन (ललितपुर), जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्द्धन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घद्वारा आज आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले पार्टीले आदिवासी जनजातिहरूको सशक्तीकरणका लागि ध्यान दिँदै आएको र कांग्रेस देशकै समावेशी पार्टी भएको बताउनुभएको हो ।

    “कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ छ, संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउन हामी लाग्नेछौँ, आदिवासी जनजातिलगायतका समुदायका चाड पर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यहरूको सुरूआत कांग्रेसको नेतृत्वको सरकारले गरेको हो भन्ने तथ्य यहाँ राख्न चाहन्छु । आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवद्र्धन गर्न कांग्रेस प्रतिबद्ध छ”, सभापति देउवाले भन्नुभयो ।

    सभापति देउवाले संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारू आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई स्रोत र साधन सम्पन्न गराउन कांग्रेस सचेत रहेको बताउनुभयो । उहाँले कांग्रेस स्थापनाकालदेखि नै आदिवासी जनजातिको हितमा क्रियाशील रहेको बताउनुभयो ।

    उहाँले कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ रहेको धारणा राख्नुभयो । उहाँले संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउन आफूहरूले चाहेको बताउनुभयो । सभापति देउवाले आदिवासी जनजातिलगायत समुदायका चाडपर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यहरूको सुरूआत कांग्रेसको नेतृत्वको सरकारले गरेको बताउनुभयो ।

    पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले जनजातिको अवस्था कहाँ छ भनेर ध्यान दिँदै पार्टीलाई बलियो बनाउन वडा तहदेखि नै क्रियाशील सदस्यहरूको वृद्धि गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकले खोजेअनुरूप सामाजिक सेवालाई ध्यान दिँदै जनजाति महासङ्घले नमूना कार्यक्रम गरेर देखाउन सक्नुपर्ने धारणा राख्नुभयो ।

    कांग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनले पार्टीको विधानअनुसार आदिवासी जनजाति महासङ्घले समयमै महाधिवेशन सम्पन्न गरेर सङ्गठनलाई चुस्तदुरूस्त राख्न सफल भएको बताउनुभयो । आजदेखि सुरू भएको प्रशिक्षक प्रशिक्षण भोलि बिहीबारसम्म सञ्चालन हुने जानकारी गराइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.