सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्छ: पूर्वशिक्षामन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/१२ जेष्ठ २०८२, आईतवार १७:०० 
  • काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामूलक बनाउनुपर्ने बताएकी छन् । आइतबार (जेठ ११) प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।

    “निजीलाई राष्ट्रियकरण गर्ने होइन या बन्देज लगाउने होइन, निजीलाई गैरनाफामूलक बनाउनुपर्छ भन्ने हो,” उनले भनिन्, “त्यसका लागि १५ वा २० वर्ष कति लाग्छ समय दिऊँ । निजीको हकहितका लागि हामीले निर्णय गर्नैपर्छ ।”

    उद्योग मन्त्रालयले गरेको अनुगमनका विषयमा निजी विद्यालयबाट जारी विज्ञप्तिप्रति आपत्ति जनाउँदै उनले नियमनमा कडाइका साथ लाग्नुपर्नेमा जोड दिइन् ।

    उनले निजी विद्यालयलाई गैरनाफामूलक बनाउन कति समय लाग्छ भन्ने विषयमा पनि समिति स्पष्ट हुनुपर्नेमा जोड दिइन् । न्युज एजेन्सी नेपाल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
    राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
    पर्यटकका आर्कषणमा ऐना पहरा
    • बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
    • धापखर्कका १३ घरमा पानीको अभाव
    • सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव
    • नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.