सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा जोड


  •    न्युजभित्तो/१२ जेष्ठ २०८२, आईतवार १३:५५ 
  • काँक्रेविहार (सुर्खेत), ११ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार विकास, जनताको जीवनस्तर उकास्नेलगायत काममा सरकारी, निजी क्षेत्रसहित सरोकार भएका सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    निर्माणको काम सरकारी कार्यालय र निर्माण व्यवसायीको मात्र नभएको बताउनुभयो । स्थानीयवासी र सरोकारवाला निकायको सकरात्मक सोच, निगरानी तथा भरोसाले पनि विकास निर्माणका काममा सहयोग पुग्ने बताउनुभयो ।

    आज बिहान कर्णालीलाई लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँग छोटो दूरीमा जोड्ने मूलपानी–रानीघाट–तेलपानी–भुरिगाउँ खण्डको सुरुआती बिन्दु वीरेन्द्रनगर–२ पलाटेमा मूलपानी–रानीघाट खण्डअन्तर्गत सात किलोमिटर सडकको स्तरोनन्ति कार्यको सुभारम्भ गर्दै उहाँले पूर्वाधार विकासका काममा सरकारी निकाय र निर्माण व्यवसायीको मात्र जिम्मेवारी नहुने उल्लेख गर्नुभयो । उहाँले सबैको सहकार्य र समन्वयमा उपलब्धिमूलक काम गर्न सकिने धारणा राख्नुभयो ।

    पूर्वाधार विकास निर्देशनालयले उक्त ठेक्का लगाएको थियो । यस सडकले पूर्णता पाएको खण्डमा बर्दिया र सुदूरपश्चिम प्रदेश जान बाँकेको कोहलपुर धाउनुपर्ने बाध्यता अन्त्य हुने मुख्यमन्त्रीले बताउनुभयो । “विकास यथाशीघ्र हुनुपर्छ, त्यसमा सबैको चासो हुनुपर्छ । रु ३२ करोडमा ठेक्का खोलिएकामा निर्माण व्यवसायीले रु १८ करोडमा उक्त ठेक्का लिएर कामको सुरुआत गरेको छ”, उहाँले भन्नुभयो ।

    कर्णालीका पाँच जिल्लाले परापूर्वकालदेखि हिँड्ने बाटो रहेकाले यसको थप महत्त्व बढेको मुख्यमन्त्री कँडेलले बताउनुभयो । सडक निर्माणसँगै चितवनको देवघाटजस्तै रानीघाटलाई प्रवर्द्धन गर्न प्रदेश सरकारको सहयोग रहने उहाँले प्रतिबद्धता जनाउनुभयो । यो मार्ग सम्पन्न भएपछि बर्दियाबाट सुर्खेत आउनेजानेले दूरीका हिसाबले कम यात्रा गर्नुपर्ने जानकारी दिनुभयो ।

    यो सडक कर्णालीको पर्यटन क्षेत्रका लागि मूल ढोका रहेको बताउँदै मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीलाई गुणस्तरीय र प्रभावकारी काम गर्न आग्रह गर्नुभयो । काम गर्ने क्रममा कुनै समस्या आएमा प्रदेश सरकारले सहजीकरण गर्ने उहाँले बताउनुभयो ।

    निर्माण व्यवसायीले असार, साउनमा पनि काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक साथीहरूले गुणस्तरीय काममा विशेष ध्यान दिनुपर्छ । विकासले जनताका आर्थिक, सामाजिक, पर्यटकीयलगायत सबै क्षेत्रको समृद्धिमा सहयोग पु¥याउने भएकाले यसको महत्त्व छ । आज शिलान्यास गर्ने भोलिदेखि सुनसान हुने काम नगर्न निर्माण व्यवसायीलाई अनुरोध छ । गुणस्तरीय सडक निर्माण गर्नका लागि सबैले समन्वय र सहयोग गरौँ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.