सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल


  •    न्युजभित्तो/८ जेष्ठ २०८२, बुधबार १२:२२ 
  • काठमाडौं, ७ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार ढल्ने हल्ला निराधार रहेको बताएका छन् ।

    प्रेस चौतारी दाङ शाखले बुधबार गरेको पत्रकार सम्मेलनमा पोखरेलले एमाले–कांग्रेसको वर्तमान सत्तागठबन्धन आगामी आमनिर्वाचनसम्म कायम रहने बताएका हुन् ।

    ‘सत्तासाझेदार दलबीच गम्भीर असमझदारी नहुँदासम्म यो सरकार ढल्दैन । कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छ,’ महासचिव पोखरेलले भने, ‘नेकपा एमाले र नेपाली कांग्रेसबीच अहिले कुनै असमझदारी छैन । त्यसैले यो गठबन्धन २०८४ को चुनावसम्म नै जान्छ ।’

    प्रतिनिधिसभाका पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउनु पर्ने बाध्यता सदनको अंकगणितको कारण उत्पन्न भएको उनको भनाइ छ । ‘कसैको बहुमत नभएकाले दलहरूबीच गठबन्धन गर्नु पर्ने बाध्यता नै हो,’ उनले थपे, ‘यस्तो बेलाको सरकार एक दलको नीतिमा आधारित हुँदैन । सामूहिक नीति र भावनाअनुसार चल्छ । अहिले त्यही भइरहेको छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.