रास्वपाले आगामी जेठको तेस्रो सातादेखि जनयात्रा सुरू गर्ने
न्युजभित्तो/५ जेष्ठ २०८२, आईतवार ११:०६
काठमाडौं, ४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी जेठको तेस्रो सातादेखि जनयात्रा सुरू गर्ने तयारी गरेको छ।
गत चैत २३ गते चितवनमा जनयात्राको उद्घाटन गरे पनि त्यहाँबाट अघि बढ्न सकेको छैन।
आगामी जेठको १८ देखि २० गतेभित्रबाट जनयात्रा सुरू गर्ने गरी तयारी भइरहेको जनयात्राका संयोजकको जिम्मेवारी पाएका रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए।
‘यसबीचमा पार्टी नेता र सांसदहरू नागरिकसँग निरन्तर संवादमै हुनुहुन्छ। नागरिकको बीचमा गइ नै राख्नुभएको छ। पार्टीले घोषणा गरेको जनयात्राचाहिँ अघि नबढेको हो,’ उनले भने, ‘हामीले आगामी जेठको १८ देखि २० गतेभित्रबाट अभियान सुरू गर्दैछौं।’
रास्वपाले पूर्व, झापाबाट अभियान सुरू गर्ने तयारी गरेको छ।
जनयात्राको कार्यविधि पनि पारित गरिसकेको उपनेता श्रेष्ठले जानकारी दिए। संयोजन समितिलाई पूर्णता दिइएको छ। जसमा सांसद डा। तोसिमा कार्की उपसंयोजक र सांसद निशा डाँगी प्रवक्ता तोकिएकी छन्।
जनयात्राका लागि भनेर सांसद अशोकुमार चौधरी र केन्द्रीय सदस्य विजय जैरू रूपन्देहीदेखि कञ्चनपुरसम्म पुगेर फर्किएको पनि श्रेष्ठले बताए। यसबीचमा श्रेष्ठले प्रदेश इन्चार्जहरूसँग पनि छलफल गरेका थिए। जनयात्रालाई अझ परिस्कृति र प्रभावकारी बनाउन आगामी जेठ ७ गते संयोजन समितिको बैठक बस्ने र जेठ ८ गते पार्टीका पदाधिकारी र सातै प्रदेशका इन्चार्जसँग छलफल राखिएको उनले बताए।
जनयात्रका क्रममा चितवनमाजस्तो ठूलो सभा, कोणसभा आयोजना नगर्ने रास्वपाले तयारी गरेको छ।
स्थानीयस्तरमा नागरिकहरूले भोगिराखेका समस्याहरूलाई संसदमा छलफलको विषय बनाउने र सरकारको ध्यानाकर्षण गराउने पनि रास्वपाले बताएको छ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी), उपभसभापति स्वर्णिम वाग्ले, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, जनयात्रा संयोजन समिति, सम्बन्धित प्रदेशका इन्चार्ज, प्रदेश र जिल्लाका अध्यक्ष अभियानमा सहभागी हुने रास्वपाले बताएको छ।