सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी


  •    न्युजभित्तो/३ जेष्ठ २०८२, शुक्रबार १७:५९ 
  • काठमाडौं,२ जेठ । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको निवेदन ‘हेर्दाहेर्दै’मा राखेर सुनुवाइ अघि बढाएको छ । शुक्रबार मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको इजलासले हेर्दाहेर्दैमा राखेको निवेदनको सुनुवाइ भइरहेको जानकारी लामिछाने र जोशीलाई सूचना दिन पनि आदेश गरेको छ ।

    प्रतिवादीहरूमध्येका रवि लामिछाने र छविलाल जोशीको तर्फबाट विद्वान् वरिष्ठ कानुन व्यवसायीहरूले प्रतिवादीहरू हाल अन्य निवेदनको सन्दर्भमा कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेको भनी जानकारी गराउनु भएको सन्दर्भलाई विचार गरी रवि र छविलाललाई सुनुवाइको जानकारी छिटो माध्यमबाट सम्बन्धित कारागार कार्यालयमार्फत पठाई निवेदक प्रतिवादीहरू आरती गुरूङ, मीना गुरूङ, रामबहादुर खनाल, लीला पछाईं र कृष्णबहादुर गुरूङका हकमा सुनुवाइलाई निरन्तरता दिने गरी प्रस्तुत प्रतिवेदनलाई जेठ ४ गतेको हेर्दाहेर्दैको पेसीमा तोकी नियमानुसार पेस गर्नू,” आदेशमा भनिएको छ ।

    सूर्यदर्शन बचत तथा ऋण सहकारीको ठगी अभियोगमा कास्की जिल्ला अदालतले लामिछानेसँग ६५ लाख र जोशीसँग ८८ लाख धरौटी माग गरी धरौटी तारेखको आदेश गरेको थियो । उक्त आदेशविरूद्ध आफूलाई साधारण तारेखमा राख्नुपर्ने भन्दै लामिछाने र जोशीसहितले उच्च अदालत पोखरामा जिल्लाको बेरितको आदेश बदरको माग लिएर निवेदन दर्ता गराएका थिए । सरकारी वकिलले भने जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउन आदेश माग गर्दै निवेदन दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.