सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन


  •    न्युजभित्तो/२ जेष्ठ २०८२, बिहीबार १६:०४ 
  • काठमाडौँ, १ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद वर्षमान पुनले मन्त्री वा नेता नचिने पनि व्यवसाय गर्न सक्ने वातावरण बन्नुपर्नेमा जोड दिएका छन्।

    बिहीबार (आज)संसद्‌मा जारी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै पुनले यसमा जोड दिएका हुन्।

    ‘कोही कसैले पार्टी नचिने पनि, नेता नचिने पनि, प्रशासक वा मन्त्री नचिने पनि उसले चाहिँ व्यवसाय गर्न सकोस्, प्रतिस्पर्धा गर्न सकोस्। त्यस्ता खालको नीतिमा चाहिँ हामीले विकासको काम, उद्यमको काम गर्न सकियोस्, उनले भने।’

    अगाडि उनले भनेका छन्, ‘आसेपासे पुँजीवाद हुँदै हुँदै गएर चाहिँ बिचौलियाहरूले चलाउनेतिर गयो। त्यो होइन, यस्तो अराजकता चल्दैन। र, त्यहाँनेर चाहिँ हामीले कानून त बराबर हुनुपर्छ। कानूनी शासन हुनुपर्‍यो निजी क्षेत्रलाई पनि, प्रतिस्पर्धी खालको हुनुपर्‍यो। एउटै प्रतिस्पर्धा ग्राउन्ड हुनुपर्‍यो। त्यो सिद्धान्तमा आधारित भएर हाम्रा नीति कार्यक्रमहरू बजेटहरू आओस्। राजस्वका त्यस्तै नीतिहरू बनून्।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.