सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समाजवादी पार्टी सरकारबाट बाहिरियो, उपप्रम उपेन्द्र यादव र मन्त्री इश्तियाक राईद्वारा राजीनामा


  •    न्युजभित्तो/८ पुष २०७६, मंगलवार १५:०७ 
  • काठमाडौँ । उपप्रधानमन्त्रीसहित दुई मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा रहेको समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री एवम् कानुनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले आज दिउँसो प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै समाजवादी पार्टीले सरकार छोडेको हो ।

    समाजवादी पार्टीका पदाधिकारीको आजै बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। संविधान संशोधनको मागसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो।

    संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको आरोप लगाउँदै उपप्रधानमन्त्री यादवले राजीनामा दिनुभएको हो । ‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ’ राजीनामामा यादवले भन्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.