सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखराको लगातार दोस्रो हार, जनकपुरको तेस्रो जित


  •    न्युजभित्तो/२० मंसिर २०८१, बिहीबार १२:४९ 
  • काठमाडौँ, २० मंसिर । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो हार व्यहोर्दा जनकपुरले भने लगातार तेस्रो जित निकालेको छ। बिहीबारको पहिलो खेलमा जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको हो।

    एनपीएलको तीन खेलमा अपराजित जनकपुर ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो। दोस्रो खेलमा भने कर्णाली याक्सलाई ८ विकेटले नै हराएको थियो।

    पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो। पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७।१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।

    पोखराले दिएको लक्ष्य भेट्टाउन लाहिरु मिलान्थाले ४५ रनको योगदान दिए। उनले ३२ बलमा ८ चौका प्रहार गरे। आशिफ शेखले ३४ बलमा ३ चौका सहयोगमा ३३ रन थपे।

    जेम्स निसम ४० र हर्ष ठाकेर १३ रनमा अविजित रहे। पोखराका लागि विपिन खत्री, माइकल लिक्स र कुशल भुर्तेलले समान एक विकेट लिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.