सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राईनोजको लगातार दोस्रो जित, पोखराको लज्जास्पद हार


  •    न्युजभित्तो/१८ मंसिर २०८१, मंगलवार १६:०५ 
  • काठमाडौं, १८ मंसिर । ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ ।

    मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो ।

    पोखराका लागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । म्याट क्रिटलेले १७ रन जोडे ।

    पोखरालाई अलआउट गर्न चितवनका तनविरले ३ ओभरमा १ मडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए ।

    रिजनले पनि ३ ओभरमा १ मेडन राख्नदै १० रन खर्चेर ३ विकेट लिए । लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दिपक बोहराले १ विकेट लिए ।

    सुरुवाती ४ ओभरमै तनविर र रिजनलले धारिलो बलिङ रग्दै ३-३ विकेट लिँदा पोखराले ६ विकेट गुमाएको थियो । त्यसपछि म्याट र नारायणले केही सम्हाल्न खोजेपनि पूरा ओभर टिक्न सकेन ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपारको अर्धशतक मदतमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो ।

    बोपाराको ३८ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए ।

    लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.