सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एसीसी प्रिमियर कप: नेपाल साउदी अरेबियाविरुद्ध ६ विकेटले विजयी


  •    न्युजभित्तो/५ बैशाख २०८१, बुधबार १६:३२ 
  • काठमाडौं, ५ वैशाख । ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

    नेपालका लागि गुल्सन झाले सर्वाधिक ३२ रन जोडे । कप्तान रोहित पौडेल १६, दीपेन्द्रसिंह ऐरी १७, आसिफ शेख २, कुशल मल्ल २ र कुशल भुर्तेल शुन्य रनमा आउट भए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७३ रन बनाएको थियो ।

    साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा नेपालका करण केसी र अभिनास बोहराले दुईदुई, प्रतिश जिसी र ललित राजवंशीले एकएक विकेट लिए ।

    वर्षाका कारण तोकिएको समयमा खेल हुन नसकेपछि ओभर छोट्याएर खेल खेलाइएको थियो । यससंगै नेपालले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.