प्रेस युनियन चितवनमा पदाधिकारी र सदस्य निर्विरोध, अध्यक्षमा मतदान हुँदै
न्युजभित्तो/२७ बैशाख २०८०, बुधबार १७:०८
चितवन, २७ वैशाख । नेपाल प्रेस युनियन चितवनको आज भईरहेको नवौं अधिवेशनमा अध्यक्ष बाहेकका पदमा निर्विरोध भएको छ । अध्यक्षमा अनिल ढकाल र सूर्यप्रसाद अधिकारीबीच मतदान भईरहेको हो ।
निर्विरोध निर्वाचित हुनेमा महिला उपाध्यक्ष सिन्धु ढकाल, खुल्ला उपाध्यक्ष प्रस्ताव सुवेदी, सचिव राजु चौधरी, कोषाध्यक्ष राजु सापकोटा, सहसचिव राजेन्द्र कार्की र अस्मिता पराजुली हुनुहुन्छ ।

यसैगरी सदस्यहरुमा बन्दना देवकोटा, लक्ष्मी ढकाल, चरणदेव महतो (निरज), यात्री छिदाल परियार, माधव सापकोटा, सञ्जय दुवाडी, सुदन पौडेल, केशव भट्टराई, राजनदिल गुरुङ, सुशिल पन्त, रविलाल भट्ट, लेखराम सापकोटा, बिनोद श्रेष्ठ, महेश पाण्डे, दयाशंकर चौधरी र राजकुमार माथोक (चेपाङ) हुनुहुन्छ ।
अध्यक्ष पदमा निर्वाचित भईरहेको छ । अध्यक्ष पदमा प्रत्यासि ढकाल हालका अध्यक्ष र अधिकारी उपाध्यक्ष हुनुहुन्छ ।