सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपुरमा घडियाल संरक्षणका लागि काव्य उत्सव


  •    न्युजभित्तो/२२ बैशाख २०८०, शुक्रबार ११:१४ 
  • नवलपुर,२२ वैशाख। सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण लोप हुने अवस्थामा पुगेको घडियाल गोहीको संरक्षणका नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को देवचुलीमा दोस्रो संस्करणको घडियाल काव्य उत्सव हुन लागेको हो । दुई दिनसम्म चल्ने काव्य उत्सवको आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ ।

    पर्यापर्यटन, जैविक विविधता, दिगो पर्यटन, संरक्षण र सम्वद्र्धनका विविध आयामलाई समेट्दै देवचुली–१७ को पिप्रहरमा काव्य उत्सव हुन लागेको हो । स्थानीय सञ्चार संस्था ह्याप्पी एफएमले जिल्लाको पर्यटन विकासमा चासो र चिन्ता व्यक्त गर्दै घडियाल काव्य उत्सवको आयोजना गरेको संस्थाका प्रबन्ध निर्देशक दीपेश कडरियाले बताउनुभयो ।

    पाँच वर्षअघि २०७५ सालमा घडियाल काव्य उत्सवको पहिलो संस्करण आयोजना गरेको एफएमले विषयवस्तु र मुद्दालाई परिस्कृत र परिमार्जित गर्दै दोस्रो संस्करण गर्न लागेको कडिरयाले बताउनुभयो । “सन् १९७० देखि नै दुर्लभ मानिएको सङ्कटापन्न घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको हो”, उहाँले भन्नुभयो । देवचुलीमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा घडियाल काव्य उत्सवलाई विभिन्न विभिन्न नौ चरणमा विभाजन गरिएको छ ।

    त्यहाँ घडियाल गोही, नारायणी नदी, चरा पर्यटन, संरक्षण शिक्षा, निकुञ्जको आवश्यकता र बाध्यता, प्रकृति र साहित्यको समिश्रण, देवचुली डाँडाको गौरवका बारेमा छलफल गर्दै काव्य वाचन गरिने छ । जिल्लाको पर्यटन सम्भावनालाई उजागर गरी साहित्यमार्फत घडियाल गोहीको प्रचारप्रसार गर्दै संरक्षणमा निरन्तरता दिने काव्य उत्सवको उद्देश्य रहेको छ ।

    उत्सवमा ‘सङ्कटमा घडियाल’ ‘लोभदेखि लोपसम्म’ ‘वेग र भेगको दोसाँधमा नारायणी’, ‘शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा’, ‘चराचरमा चरा’, ‘नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यकता कि बाध्यता’, ‘प्रकृतिसँग साहित्य’ र ‘शिरको गाथा तीरको व्यथा’ शीर्षकमा बहस तथा छलफल हुने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.