सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दार्चुला हिमपहिरोमा बेपत्ता ५ जनाको पहिचान खुल्यो, खोजी जारी


  •    न्युजभित्तो/२० बैशाख २०८०, बुधबार १३:५० 
  • कन्चनपुर, २० वैशाख । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता ५ जना यार्सागुम्बा संकलकको पहिचान खुलेको छ। बेपत्तामध्ये ३ जना डोटी बुडरका छन् भने २ जना व्यासको छिमेकी दुँहु गाउँपालिकाका बासिन्दा भएको प्रहरीले जनाएको छ।

    हिमपहिरोले मंगलबार दिउँसो यार्सा संकलक बसिरहेको टेन्ट पुरेको थियो। पुरिएकामध्ये ७ जनालाई सुरक्षाकर्मीले हिजै उद्धार गरी छाङरु ल्याएका छन्।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा छन्।

    यस्तै उक्त हिमपहिरोमा परी दुँहु गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर पनि बेपत्ता भएका छन्।

    उक्त क्षेत्रमा लगातार हिमपात भइरहेको छ। बाक्लो हिउँ र अध्याँरो भएकाले छाङरुबाट गएको सशस्त्र र नेपाल प्रहरीको टोली हिजो साँझ ७ जनाको उद्धार गरी फर्किएको थियो। उक्त टोली आज पुनः घटनास्थलतर्फ जाने प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.