सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालले कुवेतविरूद्ध ब्याटिङमा तीन विकेट गुमायो


  •    न्युजभित्तो/१६ बैशाख २०८०, शनिबार १०:५८ 
  • काठमाडौं, १६ बैशाख ।

    एसिसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरूद्ध ब्याटिङ गरिरहेको नेपालले तीन विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उत्कृष्ट सुरुवात गरेको नेपालले दसौं ओभरपछि लगातार तीन विकेट गुमाएको हो।

    १०.५ ओभरमा ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका हुन्। उनलाई एडनान इद्रिसको बलमा यसिन पटेलले क्याच आउट गरे। उत्कृष्ट ब्याटिङ गरेका कुशलले ३९ बलमा७ चौका र १ छक्का प्रहार गरे।

    कुशलको विकेटपछि क्रिजमा आएका भीम सार्की ११.३ ओभरमा एक रनमै आउट भए। त्यसपछि १२.२ ओभरमा ओपनर आशिफ शेख २८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाएर आउट भए ।

    १५ औं ओभर चलिरहँदा नेपालले तीन विकेटको क्षतिमा ९५ रन बनाएर खेलिरहेको छ। कप्तान रोहित पौडेल र कुशल मल्ल ब्याटिङमा छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.