सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँमा चैते धान खेती घट्दो


  •    न्युजभित्तो/७ बैशाख २०८०, बिहीबार ११:३८ 
  • तनहुँ,७ वैशाख । तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती गरेको पाइन्छ ।

    चैते धान खेती बर्सेनि घट्दै गएको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी । अहिले जिल्लामा चैते धान रोपाइँँ भइरहेको छ । करिब ७० प्रतिशत रोपाइँँ कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

    लामो समयदेखि वर्षा नहुँदा रोपाइँ कार्य प्रभावित भएको छ । उहाँले भन्नुभयो, “युवा शक्ति विदेशिदा जनशक्तिको अभावमा खेती गर्ने परम्परा हराउँदै जान थालेको छ ।”

    चैते धान प्रायः चिउराको लागि प्रयोग गरिन्छ । चिउरा मिल सञ्चालकले चैते धान खरिद गरिदिँदा कृषक उत्साहित हुने गरे पनि पछिल्लो समय चिउरा मिल नै विस्थापित हुँदै गएपछि यस खेतीतर्फ कृषक निरुत्साहित बन्दै गएको उहाँले सुनाउनुभयो ।

    जिल्लाको व्यास नगरपालिका, आँबुखैरेनी, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिकामा र बन्दीपुरका केही स्थानमा अहिले पनि चैते धानखेती गरिँदै आइएको छ ।

    चैते धान काट्ने थन्काउने समयमा पानी पर्ने र पानीले भिजेको धानको गुणस्तरसमेत घट्ने हुँदा सस्तो मूल्यमा धान बिक्री गर्नुपर्ने समस्याले पनि कृषक यस खेतीतर्फ आकर्षित हुन छाडेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.