सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरपालिकाले एक लाख दिने


  •    न्युजभित्तो/६ बैशाख २०८०, बुधबार ११:२० 
  • सुर्खेत,६ वैशाख । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ दिने भएको छ। सामाजिक सदभाव कायम हुने र जातीय छुवाछूत तथा विभेदलाई न्यूनीकरण गर्ने उद्देश्यले अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरपालिकाले एक लाख दिने भएको हो ।

    चालू आर्थिक वर्ष २०७९र०८० देखि अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप ​एक लाख रुपैयाँ दिने कार्यक्रम नगरपालिकाले बनाएको छ। यसका लागि नगरपालिकाले यो वर्ष पाँच लाख रुपैयाँ विनियोजन गरेको नगर प्रमुख पुष्प वादीले जानकारी दिए।

    यो आर्थिक वर्ष देखि विवाह गर्ने अन्तरजातीय जोडीले अव देखि प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ पाउने उनले बताए। यो वर्ष अन्तरजातिय विवाह गरेको एक जोडीले प्रोत्साहन रकमका लागि कागजात पेश गरेको छ। वडा नम्बर ३ का सरोज बटाला र ७ की कमला परियारको जोडीले एक लाख रुपैयाँ पाउँदै छ।

    उक्त जोडीलाई प्रोत्साहन रकम प्रदान गर्ने कार्यपालिकाबाट निर्णय भइसकेको नगर प्रमुख वादीले बताए। उनका अनुसार आर्थिक समृद्धि र सामाजिक रूपान्तरण अभियान अन्तर्गत यो कार्यक्रम बनाइएको हो।

    समाज परिवर्तनका लागि योगदान गर्ने जोडीलाई प्रोत्साहन होस र उनीहरूलाई जीविकोपार्जनका लागि कुनै व्यवसाय सञ्चालन गर्न सहज होस् भनेर आर्थिक प्रोत्साहनको कार्यक्रम बनाएको उनको भनाइ छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.