सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अझै होसमा आएनन् रविका गाडी चालक,अनुसन्धान जारी


  •    न्युजभित्तो/५ बैशाख २०८०, मंगलवार १३:२१ 
  • चितवन,५ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारीचालक दिलबहादुर थापा घाइते भएको घटनाको प्रहरी अनुसन्धान जारी छ । प्रहरीले सीसीटीभी, स्थलगत अध्ययन र सम्बन्धित व्यक्तिहरूसित सोधपुछ गरिरहेको छ । आफूहरू कुनै निष्कर्षमा नपुगेको र कसैलाई पनि पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं एसपी रामेश्वर कार्कीले बताए । “अनुसन्धान जारी छ । सोधपुछ गर्ने काम भइरहेको छ,” उनले भने, “अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।”

    उनका अनुसार घाइते थापाको स्वास्थ्य अवस्था स्थिर छ । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । घटना अनुसन्धानका क्रममा प्रहरीले सोमबार (हिजो) रास्वपाकै महामन्त्री एवं प्रवक्ता मुकुल ढकालका सवारीचालक कालुराम राजवंशीसित सोधपुछ गरेको थियो । प्रहरीका अनुसार आइतबार राति ३९ वर्षीय शम्भु भनिने थापा र राजवंशी एउटै कोठामा सुतेका थिए ।

    लामिछानेका चालक थापा सोमबार भरतपुरस्थित एउटा घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका थिए । उनी बिहान ३ बजेर ५४ मिनेटमा खसेको अवस्थामा फेला परेको एसपी कार्कीले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.