महासंघ अध्यक्ष अधिकारी ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित
न्युजभित्तो/२ बैशाख २०८०, शनिबार १३:३७
चितवन, २ वैशाख । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारी संविधान दिवस २०७९ का अवसरमा प्रदान गरिएको ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित हुनुभएको छ । नयाँ वर्ष २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई ‘प्रबल जनसेवाश्री’ मानपदवी प्रदान गर्नुभएको हो ।
अधिकारीले शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा मानपदवी विभूषण ग्रहण गर्नुभयो । पत्रकारिता मार्फत समाजमा पु¥याएको योगदानका आधारमा उहाँलाई विभूषित गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ११ निवासी अधिकारी संविधान दिवसका अवसरमा मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने क्रममा मानपदवीद्वारा विभूषित गरिएको थियो ।
तत्कालिनन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको सिफारिसमा जनसेवाश्री मानपदवी प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।
अधिकारी राष्ट्रिय समाचार समिति चितवन प्रमुख हुनुहुन्छ । नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष अधिकारी चितवनबाट पत्रकारिता गरेर विभूषित हुने पहिलो व्यक्ति हुनुहुन्छ । चितवनमा रहेर विगत २० वर्षदेखि अधिकारी निरन्तर पत्रकारिता गर्दै आउनु भएको छ ।