सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुग्लिन पोखरा सडकको काम दुर्तगतिमा अगाडि बढ्छ : भौतिकमन्त्री ज्वाला


  •    न्युजभित्तो/२६ चैत्र २०७९, आईतवार १६:१२ 
  • दमौली,२६ चैत्र। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई दु्रत गतिमा अगाडि बढाउनुपर्ने अवस्था रहेको बताए ।

    गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको पृथ्वीराजमार्गको यो खण्डका केही ठाउँमा कामको गति अतिसुस्त रहेकाले त्यतातर्फ सरकारको तर्फबाट गर्नुपर्ने सबै काममा सहयोग हुने मन्त्री ज्वालाले बताए ।

    “दुई खण्डमध्ये पश्चिमखण्ड (पोखरा–जामुने)को काम पछाडि परेको अनुगमनपश्चात् जानकारीमा आयो, केही ठाउँमा सामान्य काम बाहेक अन्य काम अगाडि बढ्न सकेको रहेनछ,” ज्वालाले भने, “सरकारका तर्फबाट अलिकति प्रयत्न गर्दा काम समयमै सकिनेतर्फ हामी गम्भीर छौँ ।”

    राजमार्ग विस्तारका क्रममा के–के समस्या छन्, त्यस्ता समस्या समाधानका लागि सरकारले सहयोग गर्ने मन्त्री ज्वालाले बताए । उनले भने, “स्थलगत निरीक्षणपश्चात् जहाँ समस्या छ त्यहाँको समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहन्छ । छलफल गरेर समस्या पहिचान गरी समाधान गर्छौ ।”

    सडकको काम समयमै सम्पन्न गर्नका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै काम गरिने बताउँदै मन्त्री ज्वालाले निर्माण कम्पनीलाई सहयोग र निर्देशन दुवै रहने बताए । “निर्माण कम्पनीलाई के सहयोग गर्नुपर्छ, सबै गर्छौँ तर काममा ढिलासुस्ती भए खबरदारी पनिसँगै गर्छौ,” ज्वालाले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.