सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुर्घटनागस्त हेलिकप्टरकी पाइलट अधिकारीलाई काठमाडौँ ल्याइयो


  •    न्युजभित्तो/२६ चैत्र २०७९, आईतवार १६:०१ 
  • काठमाडौँ,२६ चैत्र। धौलागिरी हिमालको बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएपनि हेलिकप्टरमा सवार जीवितै फेला परेकी पाइलट प्रिया अधिकारीलाई काठमाडौँ ल्याइएको छ ।

    काठमाडौँ ल्याइसकेपछि पाइलट अधिकारीको ललितपुरको मेडिसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गरिंदै छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त भएकोले सामान्य रहेको छ ।

    आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । धौलागिरी आधार शिविरमा अवतरण गर्ने क्रममा फोर्स्ड ल्यान्डिङको क्रममा हेली एभरेष्टको ९ एन–एएनबी (एएस–३५०) हेलिकप्टर दुर्घटना भएको थियो ।

    नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा एक मात्र पाइलट भएकोमा उनी सकुशल रहेको जानकारी दिएको थियो । धौलागिरी आरोहणमा गएकाहरुको उद्धार गर्न जाने क्रममा सो दुर्घटना भएको थियो ।

    इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो । हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको थियो ।

    हेलिकोप्टर ‘फोर्स ल्यान्ड’ (आकस्मिक अवतरण) गर्दा सन्तुलन नमिलेर दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । हेली एभरेस्टको कम्पनीले चार्टर्ड, कार्गो, ह्युमन स्लिङ, उद्धार, बिरामी बोक्नेलगायत काममा हेलिकोप्टर प्रयोग गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.