सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्किङ शुल्क महँगो भएको विरोधमा ट्याक्सी चालकहरु द्धारा त्रिभुवन विमानस्थलमा सेवा बन्द


  •    न्युजभित्तो/२१ चैत्र २०७९, मंगलवार ११:१८ 
  • काठमाण्डौं,२१ चैत। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको विरोधमा ट्याक्सी चालकहरुले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् ।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सी चालकहरुले आज त्रिभुवन विमानस्थलबाट सेवा बन्द गरेका हुन् । विमानस्थल बाहिर भने ट्याक्सीहरु चलिरहेका छन् । त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले ८० रुपैयाँ पुर्‍याइएको र १०० रुपैयाँ पुर्‍याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरु लामो समयदेखि विरोधमा छन् । यसअघि १३ मंसिरमा उनीहरुले विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन गरेका थिए ।

    विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । त्यहाँ पार्किङ गर्ने सवारी साधनका धनीहरुले महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन् । उनीहरुले भाडाका ट्याक्सीहरुको पार्किङ शुल्क घटाउन माग गर्दै यसअघि ज्ञापन पत्र पनि बुझाएका थिए । तर माग सम्बोधन नभएको र वार्तामा समेत नबोलाएको भन्दै ट्याक्सी चालकहरु आन्दोलनमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.