सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कागतीखेतीबाट वार्षिक २० लाख कमाइरहेका रूद्रमणि


  •    न्युजभित्तो/१९ चैत्र २०७९, आईतवार ११:०४ 
  • मोरङ,१९ चैत । सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी। पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ।

    ४५ वर्षीय न्यौपानेले दुई विघा क्षेत्रफलमा कागती खेती गरेका छन्। उनी चार वर्षदेखि मोरङको पथरी शनिश्चरे–२ कालापानीमा पथरी कृषि फार्म सञ्चालन गरी कागती खेती गर्दै आइरहेका छन्।

    उनले सुरू गरेको कागतीखेतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ।

    दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आउनुभएको छ । यतिबेला उहाँको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन्। बगानमा एक हजार दुई सय कागतीका बोट छन ।

    फार्ममा तीन जनाले रोजगारी पनि पाएका छन्। बजारको भाउअनुसार फल बेच्नुपर्ने हँुदा कागतीको यकिन मूल्य भने छैन। फार्ममा दाना प्रतिगोटा तीन रूपैयाँ र बिरुवा प्रतिगोट ८० रूपैयाँका दरले बिक्री हुँदै आएको छ।

    चार वर्षअघि कागती खेती सुरू गर्न न्यौपानेले ३२ लाख लगानी गरेका थिए। अहिले कागतीसँगै उखु, साग, केराउ, प्याज, लसुन लगायतका नगदेबाली पनि उत्पादन गर्दै आइरहेका छन्।

    बगानमा वार्षिक सात लाख दाना कागती र १० हजारभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको उनी बताउँछन्। कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्ने गरेका उनले बताए।

    बिरुवा बिक्रीबाट वार्षिक आठ लाखसम्म आम्दानी हुने गरेको छ । कागतीको दाना र बिरुवाबाट वार्षिक २० लाखमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपाने बताउँछन्।

    कागतीका बोट हुर्किँदै जाँदा क्याङ्गस र फङ्मसजस्ता रोगले निकै सताउने गरेको उनले सुनाए। कृषि प्राविधिकिसमेत रहेका न्यौपाने रोगले सताएमा बोटले राम्रो उत्पादन दिन नसक्ने बताए।‘ग्रामीण भेगका यस्ता फार्मले राज्यबाट अनुदान पाउन निकै झन्झट ब्यहोर्नुपरेको छ, उनले गुनासो पोखे। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.