सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेनु दाहालद्धारा बाईपास सडकमा वृक्षरोपण


  •    न्युजभित्तो/१७ चैत्र २०७९, शुक्रबार १३:२४ 
  • चितवन,१७ चैत । भरतपुरको बाईपास रोड अन्र्तगतको विशालचोकदेखि मालपोतचोकसम्मको डिभाईडरमा वृक्षरोपण गरिएको छ । शुक्रबार वृक्षरोपण कार्यक्रमको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले वृक्षरोपण गर्नुभयो ।

    सो क्रममा बोल्दै महागनर प्रमुख दाहालले भरतपुरका बनेका सयौ किलोमिटर सडकलाई सौन्र्दयकरणलाई प्राथामिकतामा राखेको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिकाले एक घर दुई विरुवाको नीति नै लिएकाले भरतपुरलाई हेर्न लाएक शहर, हरियाली सडक, वातावरणमैत्री सहरका रुपमा अगाडि बढाउन अग्रसर रहेको बताउनुभयो ।

    महानगर प्रमुख दाहालले भरतपुरमा राष्टिय वन, सामुदायिक वन भएपनि स्वच्छ, हराभरा सहरका रुपमा परिचत गराउन सहर क्षेत्रमा पनि वृक्षरोपणलाई विषेश महत्व दिएको उहाँको भनाई छ ।

    भरतपुर बाइपास रोडमा भएका डिभाईडरमा भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय र राष्ट्पति चुरे तराई मधेश संरक्षण विकास समितिकाको सहकार्यमा सिजियम र बौगेनवेलयिाको ३ फिट अग्लो बिरुवाहरु लगाईने छ । सिजियम र बौगेनवेलयिा ३ मिटरको फरकमा रोपिने छ भने त्यसमा कार्पेटग्रास लगाईने जनाइएको छ ।
    कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्पति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा.करण पौडेलले यस आर्थिक वर्षमा भरतपुरसहित २४ पालिकामा सहर केन्द्रीत वृक्षरोपण कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो ।

    शहरमा वृक्षरोपण गर्नाले ४देखि ५ डिग्रीसम्म तापक्रम न्यूनीकरण गर्न सकिने अध्ययनले देखाएकाले शहरी क्षेत्रमा वृक्षरोपणलाई प्राथामिकता दिनुपर्ने आल्यौउनुभयो । बढ्दो जनसंख्याको वृद्धिसँगै वृक्षरोपणलाई पनि बढाउदै सहरको सौन्दर्यकरण गरी हरित सहर निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो । विकसित सहरमा कुल बजेटको १५ प्रतिशत रकम हरियाली प्रर्वद्धनमा बजेट विनियोजन गर्ने परिपाटी रहेको उहाँको भनाई थियो ।

    भरतपुर महानगरपालिकाकले भरतपुरमा रहेका ६ लेन सडक, बाईपास र भित्री सडकमा हरियाली प्रवद्र्धन गर्ने नीति नै लिएको छ ।
    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल, वडा सदस्य ऋषि थापालगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.