सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको भरतपुरमा ‘१७ औँ राष्ट्रिय मह दिवस’ मनाइयो


  •    न्युजभित्तो/१३ चैत्र २०७९, सोमबार १६:५२ 
  • चितवन,१३ चैत्र। चितवनको भरतपुरमा ‘१७ औँ राष्ट्रिय मह दिवस’ मनाइएको छ । ‘दैनिक गरौँ मह सेवन, हुन्छ स्वास्थ्य दीर्घ जिवन’ भन्ने नाराका साथ भरतपुरमा सरोकारवाला व्यक्तिहरुले सोमबार (आज) मह दिवस मनाएका हुन् । मौरी विकास कार्यक्रम भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवन, कृषि ज्ञान केन्द्र र नेपाल मौरीपालन महासंघ चितवनले अन्तरक्रिया र सडकमा हिड्ने सर्वसाधरणलाई मह खुवाएर मह दिवस मनाएका हुन् ।

    दिवसको सन्र्दभमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले महको बजारीकरण समस्या आएको बताएका छन् । कार्यपत्र प्रस्तुत गर्दै मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बालि संरक्षण अधिकृत गोविन्द प्रसाद पोख्रेलले गत माघ महिनादेखि महको बिक्रि हुन नसकेको बताउनुभएको छ । उहाँले बिक्रि नभएर नेपालमा अझै १ हजार ५ सय मेट्रिक टन मह स्टक रहेको बताउनुभयो । सोही अनुपातमा भारतबाट मह आयात भएको उहाँले जानकारी दिनुभयो । भारतबाट सस्तोमा मह आयात हुँदा नेपाली मह बिक्रिमा समस्या आएको उहाँको भनाई छ । नेपालमा बार्षिक महको खपत ८ हजार मेट्रिक टन हुँदै आएको छ । नेपालबाट ८ मेट्रिक टन मह निर्यात समेत भएको छ । नेपालमा बार्षिक ३० करोड ३४ लाख रुपैयाँ बराबरको मह आयात हुँदा १६ करोड ८१ लख रुपैयाँको मह निर्यात भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

    नेपाल मौरीपालन महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले स्वदेशी महले बजार नपाउँदा किसानहरु समस्यामा परेको बताउनु भएको छ । कार्यक्रममा बोल्दै पौडेलले सरकारले नितीगत पहल नगर्दा नेपाली किसानको मह उत्पादन हुन नसकेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो चार महिनामा २ सय मेट्रिक टन मह आयात भएको छ ।

    मौरी विज्ञ डा. शिवप्रसाद रिजालले मौरी र महको विषयमा जनचेतना जगाउन आवश्यक रहेको बताउनुभएको छ । मौरी र पर्यावरण विषयमा कार्यपत्र पेश गर्नुभएका रिजालले मौरीले पारिस्थिती प्रणालीलाई कायम गर्न महत्पूर्ण भूमिका खेलेको बताउनुभयो । मौरीले परागसेचन बाली उतपादन र गुणस्तर बढाउनको लागि महत्वपुर्ण भूमिका रहेको भन्दै विषादी प्रयोगमा धेरै ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार विषादीका कारण मौरीको संख्या घट्दै गएका छन् ।

    मह मानव स्वास्थ्यका लागि अति नै आवश्यक छ । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमज जस्ता आवश्यक तत्वहरु पाइने भएकाले धेरै रोगहरुबाट बचाउने भरतपुर अस्पतालका फिजिसियन डाक्टर कल्याण सापकोटाले बताउनुभयो । महले मान्छेको स्मरण शक्ति बढाउनुका साथै कब्जियत, रक्तचाप,रक्तअल्पता, मानसिक समस्या, बाथ, थाइराइड, पोटको समस्यालाई निको पार्ने उहाँले बताउनुभयो ।

    जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले किसानको समस्यालाई समाधान गर्नका लागि पहल गर्ने बताउनु भएको छ । उहाँले स्थानीय तहका प्रमुखहरुलाई राखेर समस्याका समाधान खोजिने बताउनुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महको बजारिकरणका बिषयमा स्थानीय तहलाई अधिकार दिएकाले जनप्रतिनिधिहरु सक्रिय भएर लाग्नुपर्ने धारणा राख्नुभयो । मह दिवसका अवसरमा नेपाल मौरीपालक महासंघ चितवनले जिल्ला प्रहरी कार्यालय अगाडि सर्वसाधरणलाई मह समेत खुवाएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.