सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटको कन्या गुरुकुलमा खाद्यान्न सहयोग


  •    न्युजभित्तो/१३ चैत्र २०७९, सोमबार १५:५९ 
  • चितवन,१३ चैत्र। अधिकृत व्यवसायी संघ चितवनले देवघाट–१ मा रहेको श्री रामजानकी गार्गी कन्या गुरुकुलमा आवश्यक खाद्यान्नहरू वितरण गरेको छ ।

    अधिकृत व्यवसायी संघका अध्यक्ष नारायण प्रधानले उक्त गुरुकुलका संरक्षक भवानी उपाध्याय र प्राचार्य खिमनाथ चालिसेलाई उक्त खाद्यान्नहरू हस्तान्तरण गरेका हुन् ।

    गुरुकुलका ६५ जना कन्याहरूका लागि खाद्यान्नहरूको अभाव भएको जानाकारी प्राप्त भएकोले चामल, दाल, तेल, आलु, सोयाबिन, नुन र बिस्कुटलगायतका सामग्रीहरू हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष प्रधानले जानकारी गराए । नेपाल वितरक महासंघका उपाध्यक्ष दुर्गा गौतमको विशेष उपस्थिति रहेको कार्यक्रम संघका महासचिव मनोज रौनियारले सञ्चालन गरेका थिए ।

    अधिकृत व्यवसायी संघ चितवनले प्रधानको नेतृत्वमा भर्खरै गठन गरेको कार्यसमितिले सामाजिक कार्यमासमेत संघलाई अगाडि बढाएकोमा संस्थाका संस्थापक अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि पवनकुमार पियाले प्रशन्नता व्यक्त गर्दै गुरुकुलमा थप सहयोग पु¥याउने वचनबद्धता व्यक्त गरे । त्यसैगरी गुरुकुलका संरक्षक भवानी उपाध्याय र प्राचार्य खिमनाथ चालिसेले संघद्वारा प्रदान गरिएको सहयोगको लागि गुरुकुलको तर्पmबाट आभार प्रकट गरे ।

    कार्यक्रममा संघका पूर्वअध्यक्ष जिवनाथ पौडेल, निवर्तमान अध्यक्ष रवि श्रेष्ठ, सल्लाहकार श्रवण रेग्मी, उपाध्यक्ष रामजी घिमिरे, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ ‘राजु’ सचिव कुलप्रसादलगायत सदस्यहरू निरेश सिंह, निर्मल ढकाल, नितेश महेश्वरी र उद्व अधिकारीको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.