सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धुर्मुस-सुन्तली फाउण्डेशनले व्यवसायीलाई करोडौं रकम तिर्न बाँकी


  •    न्युजभित्तो/१३ चैत्र २०७९, सोमबार १५:५२ 
  • चितवन,१३ चैत्र। चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र छ । व्यवसायीलाई करोडौं रकम तिर्न बाँकी भएपछि अहिले रंगशाला निर्माणको काम ठप्प छ ।

    फाउण्डेशनले व्यवसायीलाई करोडौं रकम तिर्न बाँकी भएपछि व्यवसायीले दबाब दिन थालेका छन् । रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनले चितवन रेडिमिक्सबाट कंक्रिट किनेको तीन करोड बढि रकम तिर्न बाँकी रहेको चितवन रेडिमिक्सका अध्यक्ष तथा सञ्चालक राजेन्द्र पन्तले बताएका छन् । २०७७ पुस ५ गतेदेखि फागुनसम्म पिलरको लागि कंक्रिट दिने सम्झौता भएको पन्तले बताए ।

    पन्तका अनुसार ३ करोड ५५ लाख रुपैयाँ लिइसकेको, २०७७ साउनदेखि ३ करोड ५६ लाख ४२ हजार १५० रुपैयाँ अब लिन बाँकी रहेको छ । असार मसान्तसम्म भुक्तानी नआएपछि काम रोकिएको उनले बताए । ‘हामीले कानुन अनुसार सम्झौता गरेर नै रंगशालाको लागि कंक्रिट उपलब्ध गराएका थियौँ । रंगशालालाई हामीले सात करोड भन्दा बढीको कंक्रिट सप्लाई ग¥यौँ, त्यो मध्ये तीन करोड भन्दा बढी लिन बाँकी छ’, उनले भने, ‘प्रदेश र नगरपालिकाको पैसा नआउने भयो भनेपछि हामीले कंक्रिट पठाउन रोक्यौँ । हामी अहिले पनि निरन्तर सम्पर्कमा छौँ । दिनुहुन्छ भन्ने आशा छ ।’

    धुर्मुसले दिएको चेक पटक–पटक बाउन्स भएपछि चिन्तित पन्त सरकारले नदिए आफ्नो १४ आनामा बनेको घर दिने धुर्मुसले आश्वासन दिएको बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.