सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धुर्मुस-सुन्तली फाउण्डेशनले व्यवसायीलाई करोडौं रकम तिर्न बाँकी


  •    न्युजभित्तो/१३ चैत्र २०७९, सोमबार १५:५२ 
  • चितवन,१३ चैत्र। चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र छ । व्यवसायीलाई करोडौं रकम तिर्न बाँकी भएपछि अहिले रंगशाला निर्माणको काम ठप्प छ ।

    फाउण्डेशनले व्यवसायीलाई करोडौं रकम तिर्न बाँकी भएपछि व्यवसायीले दबाब दिन थालेका छन् । रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनले चितवन रेडिमिक्सबाट कंक्रिट किनेको तीन करोड बढि रकम तिर्न बाँकी रहेको चितवन रेडिमिक्सका अध्यक्ष तथा सञ्चालक राजेन्द्र पन्तले बताएका छन् । २०७७ पुस ५ गतेदेखि फागुनसम्म पिलरको लागि कंक्रिट दिने सम्झौता भएको पन्तले बताए ।

    पन्तका अनुसार ३ करोड ५५ लाख रुपैयाँ लिइसकेको, २०७७ साउनदेखि ३ करोड ५६ लाख ४२ हजार १५० रुपैयाँ अब लिन बाँकी रहेको छ । असार मसान्तसम्म भुक्तानी नआएपछि काम रोकिएको उनले बताए । ‘हामीले कानुन अनुसार सम्झौता गरेर नै रंगशालाको लागि कंक्रिट उपलब्ध गराएका थियौँ । रंगशालालाई हामीले सात करोड भन्दा बढीको कंक्रिट सप्लाई ग¥यौँ, त्यो मध्ये तीन करोड भन्दा बढी लिन बाँकी छ’, उनले भने, ‘प्रदेश र नगरपालिकाको पैसा नआउने भयो भनेपछि हामीले कंक्रिट पठाउन रोक्यौँ । हामी अहिले पनि निरन्तर सम्पर्कमा छौँ । दिनुहुन्छ भन्ने आशा छ ।’

    धुर्मुसले दिएको चेक पटक–पटक बाउन्स भएपछि चिन्तित पन्त सरकारले नदिए आफ्नो १४ आनामा बनेको घर दिने धुर्मुसले आश्वासन दिएको बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.