सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–बुटवल सडकको काम बल्ल २७ प्रतिशत मात्र सकियो


  •    न्युजभित्तो/१३ चैत्र २०७९, सोमबार ११:१८ 
  • नवलपुर,१३ चैत्र। गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि विस्तार थालिएको नारायणगढ–बुटवल सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ । ४४ महिनामा सम्पन्न गर्ने गरी विस्तारको कामका लागि भएको सम्झौताको म्याद सात महिनाअगाडि नै सकिएको थियो । निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । थपिएको समय सकिन अब पाँच महिना पनि बाँकी छैन, तर कामले अझै गति लिएको छैन ।

    थपिएको समयमा काम सम्पन्न गर्न कामको गति प्रतिमहिना १० प्रतिशतमा पुर्‍याउनुपर्छ । तर, अहिले कामको गति महिनामा २ प्रतिशत सम्पन्न गर्ने गरी भइरहेको छ । नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत बुटवल–बर्दघाट सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीपराज शाक्यका अनुसार थपिएको म्याद साउन २२ सम्म रहेको छ ।

    विस्तारको कामका क्रममा हाल कालोपत्रे भइरहेको उनले बताए । यो सडक आयोजनालाई बुटवल–बर्दघाट र बर्दघाट–नारायणगढ गरी दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । त्यसमध्ये बुटवल–बर्दघाट खण्डमा २५.७५ प्रतिशत र बर्दघाट–नारायणढ खण्डमा २७.५० प्रतिशत काम सकिएको छ । समग्रमा २७ प्रतिशत काम सम्पन्न भएको शाक्यले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.